गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा सुवास घिसिङको ८७औं जन्म जयन्ती पालन

IMG-20220622-WA0146.jpg

खरसाङ। गोर्खा राष्ट्रिय भूतपूर्व सैनिक संगठन अनि गोरामुमो खरसाङ ब्राञ्च कमिटीको आयोजनामा खरसाङको गोर्खा जनपुस्तकायमा गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको ८७औं जन्म जयन्ती पालन गरिएको छ। सुवास घिसिङको तस्वीरमा धुप दिप प्रज्वलन गरी केक काटेर जन्म जयन्ती पालन गर्दै वक्ताहरुले शुभकामना व्यक्त गर्दै सुवास घिसिङले गोर्खा जातिको निम्ति गरेको कार्यहरुमाथि जानकारी गराएका थिए। आफ्नो सैनिक जीवन त्यागेर गोर्खा जातिलाई समस्या आई पर्दा जाति र माटोलाई बचाउनको निम्ति सुवास घिसिङले गोर्खाल्याण्ड आन्दोलनको शुरुवात गरेका थिए, आफ्नो सम्पुर्ण जीवन नै गोर्खा जातिको निम्ति समर्पित गरेका थिए। आज गोर्खा जातिको निम्ति राजनैतिक चेतना खोलाउने ब्यक्ति हुन् तर आज विपक्षीहरुले आरोप लगाउँछ भनी पूर्व पार्षद आइएन प्रधानले बताएका छन्। उनले तिमीहरुको उपलब्धि के हो बताऊ भन्दै जीटीए जस्तो असंवैधानिक ब्यवस्था थापेर करोडौंको भ्रष्टाचार गरी आज त्यो पैसा बाढदैछौं, अब समय नजिक छ त्यो जीटीए जरैसंग उँखालेर फ्याँकिनेछ। केन्द्रिय समिति पर्यवेक्षक आनन्द राईले आफ्नो सम्बोधनको क्रममा सुवास घिसिङले गोर्खा जातिको निम्ति सबै गरेर गए र अब मुद्दा फत्ते गर्ने काम हाम्रो हो भनी बताए। २०१२ मा जीटीएको बैधानिकतामाथि चुनौती दिन्दै उच्च न्यायलयमा दायर गरेको मुद्दालाई प्राथमिकता दिन्दै अध्यक्ष मन घिसिङले निरन्तरता दिएका छन्। भोलिको दिनमा जीटीए खारेज हुनसक्छ, त्यस बेला जाति र माटोलाई बन्दकी राखेर जीटीए चुनावको पछि लाग्नेहरुको हालत के हुनेछ भनी प्रश्न गर्दै यो सिङ्गो गोर्खा जातिलाई बचाउनको निम्ति अध्यक्ष मन घिसिङ लागि परेका छन्। अब खर्साङको जनताले निर्णय गर्नुपर्छ जीटीए जस्तो थोत्रो ब्यवस्थाको चुनावमा भाग लिएर गोर्खा जातिको भाग्य बिगार्ने या गोर्खा जातिको भाग्य चम्काउने भनी आफ्नो वक्तव्यको क्रममा भने। गोर्खा राष्ट्रिय भूतपूर्व सैनिक संगठनका अध्यक्ष अशोक गोलेले आफ्नो सम्बोधनको क्र्ममा हामीले भारत देशको सुरक्षाको निम्ति बलिदान दिएका छौं, गोर्खाहरुले सबै क्षेत्रमा आफ्नो योगदान दिएका छन् र अब केन्द्र अनि राज्यले गोर्खाहरुलाई न्याय दिने बेला आएको छ, जीटीए जस्तो ब्यवस्थालाई गोर्खा जातिले नकार्नु पर्छ, यो गोर्खा मास्ने ब्यवस्था हो भनी अशोक गोलेले आफ्नो सम्बोधनको क्रममा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement