खरसाङ: तीनधारे महानदी समष्टिको सिलिम हिल चियाबारी अन्तर्गत नयाँ कमान चियाबारीमा चलिरहेको समस्या शनिवार पनि समाधान भएन। चियाबारी प्रबन्धन पक्षले सिलिम हिल चियाबारीको नयाँ कमानमा रहेको ८ नम्बर डिभिजनमा चिया गाछहरू उखेल्ने निर्देशन दिएपछि शुक्रवारदेखि चियाबारी श्रमिकहरूले शुरु गरेको विरोध शनिवार पनि जारी रह्यो अनि यो समस्याको समस्या यथावत् नै रहेको छ। शनिवार नयाँ कमानमा विरोध गरिरहेको श्रमिकहरूलाई भेट्न गोरामुमोको ट्रेड युनियन एचपीडब्ल्युयु ,हाम्रो पार्टी खरसाङको प्रतिनिधिहरू र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको प्रतिनिधिहरू, भागोप्रमोको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको प्रतिनिधिहरू उपस्थित रहेका थिए भने सिलिम हिल चियाबारीको प्रबन्धक एसएस मल्लिक पनि उपस्थित रहेका थिए। श्रमिकहरूले चिया गाछहरू उखेल्नु नदिने भन्दै लगातार रूपमा विरोध प्रदर्शन गरिरहेका छन् भने यसलाई लिएर तीनवटा पार्टीको ट्रेड युनियनका प्रतिनिधिहरू र प्रबन्धक उपस्थित भएपनि श्रमिकहरूलाई मनाउन प्रयास गरे पनि सकेनन् अनि विरोध जारी रहेको छ भने समस्याको समाधान निकाल्ने प्रयास गरिए पनि असफल बनेको छ। त्यसैले नयाँ कमानमा चिया गाछहरू उखेल्ने निर्देशको श्रमिकहरूले विरोध जारी राखेका छन्। सिलिम हिल चियाबारीको प्रबन्धक एसएस मल्लिकद्वारा ८ नम्बर डिभिजनमा चिया गाछहरू बूढ़ो भएको र उखेलेर नयाँ गाछ लगाउने कार्य गर्नलाई गाछहरू उखेल्नु निर्देशन दिएको तर श्रमिकहरूले नयाँ कमान सानो भएकोले यहाँ चिया गाछहरू उखेल्ने कार्य गरिए कमान मासिन्दै जाने भनाई रहेको छ। त्यसरी नै श्रमिकहरूका भनाई अनुसार ८ नम्बर डिभिजनमा बुढ़ो गाछहरू होइन तर नयाँ गाछहरू छन्। बगानले बरु पहिला डोजर लगाएर गाछहरू उखेलेर खाली ठाउँ बनाएकोतिर नयाँ गाछहरू रोप्ने पर्ने पनि बताएका छन्। श्रमिकहरूले जसरी भए पनि गाछहरू उखेल्न नदिने भन्दै प्रदर्शन गरिरहेका छन्। उक्त धरणा प्रदर्शन गरिरहेका श्रमिकहरूलाई भेट्न गोरामुमोको खरसाङ ब्राञ्च कमिटीको अध्यक्ष निमा लामा, तीनधारे सुकना समष्टि सचिव प्रमोद थापा, गोरयुमो तीनधारे सुकना समष्टि अध्यक्ष अमीत प्रधान र गोरामुमो ट्रेड युनियनको खरसाङ महकुमा समितिको सचिव बीरेन्द्र छेत्री, नयाँ कमान शाखाको सभापति मैते प्रधान र सचिव मणिकुमार तामाङ उपस्थित रहेका थिए। प्रदर्शन गरिरहेका श्रमिकहरूसित भेटघाट गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै एचपीडब्ल्युयु खरसाङको सचिव वीरेन्द्र छेत्रीले भने, गाछ उखेल्नु दिएको निर्देशनको श्रमिकहरूले विरोध गरिरहेका छन्। प्रबन्धकको यस्तो निर्देशनप्रति श्रमिकहरू खुशी छैनन्। यस्तो स्थितिमा हामी जहिले पनि श्रमिकहरूका हितमा हुनेछौं। एचपीडब्ल्युयु केन्द्रीय समितिको पक्षमा यस समस्याको लागि एएलसी, जीएससीतिर गएर पत्रचार गर्नेछौं। उनले अघि भने, हामी जहिले पनि श्रमिकहरूका दु:खको समय साथमा रहनेछौं अनि श्रमिकहरूका पक्षमा जहिले पनि उँभिन तयार छौं। नयाँ कमानमा विरोध प्रदर्शन गरिरहेका श्रमिकहरूलाई हाम्रो पार्टीको प्रतिनिधिहरू पनि आएका थिए। हाम्रो पार्टीको पक्षबाट सुमन बम्जन, खरसाङको सचिव बिमल तामाङ, खरसाङको प्रवक्ता विवेक तामाङ उपस्थित रहेका थिए। त्यसरी नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पक्षबाट तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, उप सभापति धिरेन प्रधान र कुसाङ लामा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, भागोप्रमोको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, सचिव भक्तिमान तामाङ, महकुमा उपाध्यक्ष एंव तीनधारे महानदी समष्टि जोनल कमिटीको सांगठनिक सचिव जनक छेत्री, जोनल कमिटीको सभापति गणु छेत्री लगायत अन्यहरू उपस्थित रहेका थिए। शनिवार श्रमिकहरूले विरोध गरिरहेको स्थलमा प्रबन्धक एसएस मल्लिक पनि उपस्थित रहेका थिए। तर प्रबन्धकले आएर दिएको आश्वासनलाई पनि श्रमिकहरूले नकारेका थिए भने प्रबन्धक र श्रमिकहरूमाझ भएको वार्तालाप पनि विफल भएको छ अनि शनिवार पनि समस्याको समाधान भएन। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङले भने, सिलिम हिल चियाबारीको लोवर डिभिजन नयाँ कमानमा चलिरहेको समस्या पूर्णरुपमा मिलेको छैन तर ५०/५० को अवस्थामा पुगेको छ। प्रबन्धकले चिया गाछहरू उखेल्ने दिएको निर्देशनप्रति श्रमिकहरू असन्तुष्ट छन्। र आज यहाँ आएर हामीले श्रमिकहरूका पक्ष बुझेका छौं।’

उनले अघि भने, हामी प्रबन्धकसित बातचीत गरेर चाढ़ै य समस्या समाधान गर्ने प्रयास गर्नेछौं। ८ नम्बर डिभिजनमा गाछहरू उखेल्ने विषयमा समस्या उत्पन्न भएको हो र यस विषयमा हामी प्रबन्धकसित बसेर कुराकानी गर्नेछौं। जसरी भए पनि हामी श्रमिकहरूका पक्षमा कार्य गर्नेछौं।’
यस विषयमा पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा सिलिम हिल चियाबारीको प्रबन्धक एसएस मल्लिकले भने, हाम्रो बगान हानीमा चल्दैछ र हामीले पाँच वर्षको काम बनाएर पुराना गाछहरू उखेल्ने र नयाँ गाछहरू लगाउने कार्य अन्तर्गत यो रहेको छ। हामी नयाँ बिरुवा पनि रोप्नेछौं तर जहाँ पानी छ त्यहाँ रोप्नेछौं। ८ नम्बर डिभिजनमा माटो पनि मलिलो भएको कारणले पुराना गाछहरू उखेलेर नयाँ आसामिस गाजहरू लगाउइने छ।’
अर्कोतिर सिलिम हिल चियाबारीको लोवर डिभिजनमा चिया गाछहरू उखेल्नु नदिने भन्दै श्रमिकहरूले लगातार विरोध प्रदर्शन गरिरहेका छन् भने जसरी भए पनि गाछहरू उखेल्नु नदिने पक्षमा श्रमिकहरू अडिग रहेका छन्।