२० मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा गोरुबथान एफसी-ले अन्तिम समयमा गोल गरी म्याच जित्यो। स्थानीय मेला ग्राउण्डमा शनिवार खेलिएको दोस्रो म्याचमा गोरुबथान एफसी-ले बोंग एफसी-लाई ३-२-ले पराजित गऱ्यो। म्याचमा गोरुबथान एफसी-बाट सुनिल सुब्बाले ४३औं, सुमन विश्वकर्माले ४८औं र सचिन गुरुङले स्टपेज टाइमको तेस्रो मिनटमा गोल गरे। यसरी बोंग एफसी-बाट अगैया शर्माले २०औं र सञ्जय राईले ६१औं मिनटमा गोल गरे।

विजेता टीमका देबाशिष रोयलाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। आइतवार खेलिने म्याचमा युनाइटेड ब्रदर्स र नादोङ भूटिया एफए-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो २.३० बजीदेखि शुरु हुनेछ।