चियाबारीको भूमि अधिकार लिएर अल बङ्गाल आदिवासी स्टुडेन्ट एसोसिएसन तृणमूल ब्लक सभापतिको घरमा

7a23c7ac-1679-45aa-b02b-bd2ed461267f

कालचिनीः चियाबारी क्षेत्रमा पूर्खौदेखि बसोबास गर्दै आईरहेको मानिसहरूको जमीनको अधिकार लिएर अल बङ्गाल आदिवासी स्टुडेन्ट एसोसिएसन (आबासा) ले चियाबारी श्रमिकहरूको घड़ेरीको अधिकार लिएर सचेतना गर्दै यसको मानचित्र पनि निकालेर जमीनको दाबी सम्बन्धित विभागमा गर्दै आईरहेको र जमीनको पट्टा र अधिकारको कानूनमा संसोधन गर्नुपर्ने माग उठाउँदै आउने क्रममा आज आबासा प्रतिनिधिहरूले तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवलाई तिनकै आवासमा पुगेर भेट गर्दै यस सम्बन्धमा एउटा ज्ञापन चढ़ाएको छ।
आबासा प्रतिनिधिहरू गुलशन मिञ्ज, बिष्णु मुण्डा र हरिहर नागवंशीले चियाबारी श्रमिकको सन्तान हामी सबै भएकोले यससित सम्बन्धित जमीनको अधिकार लिएर राज्य सरकारसँग कुरा उठाउने निवेदन पनि बिरेन्द्र बारा उराँवलाई गरेको जनाएका छन्।जबसम्म आफ्नो भूमिको माटोको अधिकार पाउँदैन तबसम्म कुनै पनि भूमिपुत्रहरूको समग्र विकास र उनीहरूको संस्कृति परम्परा र भाषा साहित्यको विकास पनि सम्भव नहुने भएकोले चियाबारी बासिन्दाहरूलाई उनीहरूको जमीनको अधिकार दिलाउने काममा आफूहरू लागिरहने आबासा प्रतिनिधिहरूले जनाएका छन्।

About Author

Advertisement