हाट वाहन पल्टिँदा दर्जनौँ हाटे व्यावसायीहरू घाइते

791feeee-6b88-4e25-85ef-9877ee9d973c-1

कालचिनीः शनिबार अपरान्ह समय प्रायः २.३० बजी हेमिल्टनगञ्जबाट कालचिनी राङ्गामाटी रोड हुँदै चुवापाड़ातर्फ नियमित सप्ताहिक हाट लगाउन गइरहेको एउटा एउटा सानो पिकअप भ्यान कालचिनी र मेचपाड़ा ८ नम्बर माझमा पर्ने सड़क किनारी अचानक पल्टिँदा उक्त वाहनमा सवार हाट व्यावसायीहरू घाइते बनेका थिए। दुर्घटना अचानक उक्त वाहनको अघिल्लो पहिया पड़किन जाँदा भएको भाग्यले बाँचेका हाटे व्यावसायीहरूले जनाएका छन्।


सो दुर्घटनामा परेर हाट लगाउन जाने व्यावसायीहरू क्रमैले कबीर उराँव (१७),जलाउद्दिन मीयाँ (४४),अरमान मीयाँ (१४) , लिटन दास (२६), राणा पाल (२७), तपन दास (३५), पार्थो साहा (४०), हरि बर्मन (५५), अजित घोष (५०), मनोज सरकार (२७) , बिपुल देबनाथ (३८) आदि घाइते बनेको थियो। घटनाको जानकारी पाएर घटनास्थलमा कालचिनी थानाको पुलिसबल अनि स्थानीय मानिसहरू पुगेर घाइतेहरूलाई उद्धार गरेर उत्तर लोथाबारी ग्रामीण अस्पतालमा पुऱ्याएको थियो भने तीमध्ये गम्भीर ४ जना घाइतेलाई अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको पुलिस सुत्रले जनाएका छन्। भाग्यवश घटनास्थलमा कसैको मृत्यु नभएको यद्यपि दुईजनाको अवस्था गम्भीर रहेको बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement