वन्यजन्तुबारे सचेतना कार्यक्रम

IMG-20230520-WA0216.jpg

सिलगढी: बाघडुग्राको किस्तोपुरमा चालकहरुलाई वन्यजन्तुबारे सचेत गराइयो। आज बाघडुग्रा ट्राफिक पुलिस, बाघडुग्रा वन विभाग र एक गैरसरकारी संस्थाले विशेष अभियान चलाएर हातिघिसा बागडोगरा तर्फ आउने सबै गाड़ीमा “ब्रेक फर वाइल्डलाइफ स्पीड लिमिट ४०” को स्टिकर टाँसिएको थियो। प्रत्येक सवारी साधनको गति ४० भन्दा बढि नबढाउन चालकहरुलाई विशेष अनुरोध गरिएको छ।

यस क्षेत्रमा हात्ती क्रसिङ जोन रहेको बताइन्छ, त्यहाँ प्रायः हात्तीको बथान सडक पार गर्ने गरेको देखिन्छ। यस्तो अवस्थामा त्यहाँबाट तीव्र गतिको सवारी साधन गुडेमा सडक दुर्घटनाको खतरा रहन्छ, यसैलाई मध्यनजर गर्दै आज बागडोगरा ट्राफिक पुलिस, वन विभाग र एक गैरसरकारी संस्थाले विशेष पहल गरेको हो।

यस अभियानका क्रममा ट्राफिक पुलिस, वन विभागका कर्मचारी र गैरसरकारी संस्थाका सदस्यहरूले यस क्षेत्रमा गुड्ने सवारी साधनमा ‘सेफ ड्राइभ सेभ लाइफ’ र ‘ब्रेक फर वाइल्डलाइफ स्पीड लिमिट ४०’ को स्टिकर लगाउँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement