सिलिम हिल चिया बगान पूग्यो हाम्रो पार्टीको टोली

Screenshot_20230520_180717_WhatsApp.jpg

चिया श्रमिकहरूको समस्यामा हामी सवै एकबद्व बनौ तर राजनैतिक फाइदा उठाउँने काम नगरौ

दार्जीलिङ: चिया श्रमिकहरूको समस्यामा सवै एकबद्व हुने हाम्रो पार्टीले आहवान गरेको छ। तीनधारे महानदी समष्टिको सिलिम हिल चिया बगानको लोवर डिभिजन नयाँ कमानमा प्रबन्धकले चियाको गाछहरू उखेल्न लगाएको भन्दै स्थानीय चिया श्रमिकहरूले विरोध जनाउँदै आई रहेका छन। यी विषयहरूलाई ध्यान मा राख्दै हाम्रो पार्टीको खरसाङ महकुमा समितिको प्रतिनिधि टोली आज सिलिम हिल चिया बगानको लोवर डिभिजन नयाँ कमान पूग्यो। जसमा पार्टीको केन्द्रीय कमिटि सदस्य एंव खरसाङ संयोजक सुमन बम्जन, खरसाङ महकुमा समिति प्रबक्ता विवेक तामाङ आदि सामेल थिए।हाम्रो पार्टीको प्रतिनिधि टोलीले स्थानीय चिया श्रमिकहरूसंग कुराकानी गरयो। यस अवधि हाम्रो पार्टी प्रबक्ता विवेक तामाङले बगान पक्षले बगानको चियाको गाछहरू उखालेर ३८ एकर जमीनमा रिसर्टको निर्माण गर्ने कुरा चल्दैछ भन्ने हामीले सुन्दैछौ। तपाई हरू यो जमीनमा पिता पूर्खाहरूदेखि बसो बासो गर्दै आई रहनु भएको हो,तपाई हामीलाई सरकारले जमीन दिने भनेको पाँच डेसिमल तर अरबपतिहरूलाई रिसर्ट को निर्माण गर्न ३८ एकर जमीन दिने भन्दैछ। यी स्थानीय चिया श्रमिकहरूमाथि ठूलो षडयन्त्र भएको स्पष्ट हुदैछ तामा²ङले भने। चिया बगानमा खैला भैला मच्चिएको देखेपछि अधि मात्र एउटा अधिसूचना जारी गरेको छ, जसमा नयाँ बगानको चियाको गाछहरू धेरै पूरानो भएको हुनाले चियाको फसल थोरै दिने गरेकोले पूरानो चियाको गाछहरू सवै उखालेर नयाँ विरूवा लगाउने कार्यलाई कार्य रूप दिएको हो भन्ने उलेख गरेको प्रबक्ता तामाङले बताए। तिनले अधि भने चियाको गाछहरू उखालेर खाली जमीन भएपछि ती जमीनमा उनीहरूले रिसर्ट बनाउने मौका पाउनेछ प्रबक्ता तामाङले बताए। तिनले अधि भने चिया श्रमिक हरूको समस्याहरूलाई कसैले पनि राजनैतिक फाइदा नहेरेर एकबद्व हुने आहवान प्रबक्ता तामाङले गरयो। त्यसरी नै हाम्रो पार्टीको केन्द्रीय कमिटि सदस्या एंव खरसाङ महकुमा समिति संयोजक सुमन बम्जनले स्थानीय चिया श्रमिकहरूलाई अधि आउँने आहवान गर्दै तपाईहरूलाई हाम्रो पार्टीको पक्षबाट जे जस्ता सहयोगहरू चाहिन्छ त्यो सवै उपलब्ध गराउने छौ तर चिया श्रमिकहरूको समस्यामा सवै एकबद्व हुने आहवान गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement