नव गोरेटो समाजलाई एडवाडर्सको सहयोग

IMG-20230520-WA0209.jpg

सरकारले मिलेर विकाशको मूल फुटाउँछु भन्नेहरू जनताको समस्याहरूसंग अनभिज्ञ!

दार्जीलिङ: राज्यको तृणमूल सरकारसंग मिलेर विकाशको मूल फुटाउँछु भन्नेहरू जनताको समस्याहरूसंग अनभिज्ञ छन। रिम्विक लोधोमा समष्टि अन्तर्गत पर्ने राजा भीर गाउँको नव गोरेटो समाजलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आफ्नो नीजि कोषबाट प्लास्टिकको चेयर पठाई दिएका छन। पार्टी अध्यक्ष अजय एडवाडर्सले सो समाग्री पार्टीको केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाको बाहुलीद्वारा समाजको नेतृत्वहरूलाई प्रदान गरेका छन। बुद्व लक्समले पार्टी अध्यक्ष अजय एडवाडर्सको निर्देशमा आफ्नो बलबुतामा क्षेत्रका जनता जर्नादाहरूलाई सक्दो सहयोग पूराउदै आई रहेका छन। हाम्रो पार्टीको केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाँको नेतृत्वमा पार्टीको प्रतिनिधि राजा भीर गाउँ पूगेका थिए। यस अवधि समष्टि महासचिव चित्रसेन काम्बाङ, सहसचिव सुरेश राई, नारी नेत्री सुश्मिता राई, लोधोमा शाखा एक को अध्यक्ष करण राई लगायत स्थानीय कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

पार्टी अध्यक्ष अजय एडवाडर्सद्वारा पठाएको ४० थान प्लास्टिकको चेयर प्रदान गरयो। स्थानीय राजा भीर गाउँ अनि नव गोरेटो समाज को कार्यकर्ता एंव सदस्यहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सप्रति आभार जनाए। स्मरण रहोस हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आफ्नो नीजि कोषबाट सेवा कार्यहरू गर्दै रहेका छन तर राज्यको तृणमूल सरकारसंग मिलेर काम गर्छु भन्नेहरू आजसम्म जनताले भोग्दै आएको समस्याहरूसंग अनभिज्ञ रहेको स्पष्ट भएको छ। पहाडको जनता जर्नादा हरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्समाथि आस्था र भरोसा राख्दै आई रहेका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement