२० मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा सेसोनिअन फूटबल क्लबले रोमाञ्चक जीत हासिल गऱ्यो। स्थानीय मेला ग्राउण्डमा शनिवार खेलिएको दिनको पहिलो म्याचमा सेसोनिअन एफसी-ले शेयर फूटबल क्लबलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याचको एकमात्र गोल खेरोन सुब्बाले ७२औं मिनटमा छिराए। म्याच जिताउने गोलको निम्ति खेरोन सुब्बालाई प्लेयर अव् द म्याच चयन गरियो।

आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ।