अण्डर-१४ बोइज लीगः जेआर ३२ फूटबल एकाडमी सजिलै विजयी

IMG-20230520-WA0198.jpg

२० मईः खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित महकुमा स्तरीय अण्डर-१४ बोइज फूटबल लीगको छैटौं म्याचमा पूर्व फूटबलर जितेन राईको प्रशिक्षणमा रहने जेआर ३२ फूटबल एकाडमीले एकतर्फी जीत हासिल गऱ्यो। स्थानीय चानमारी खेल मैदानमा शनिवार भएको म्याचमा जेआर३२ फूटबल एकाडमीले कार्मेल हाई स्कूललाई १०-०-ले पिट्यो। आजको म्याचमा मुख्य रेफरी सञ्जीव गुरुङ रहेका थिए। यसरी सहायकको रूपमा दुईजना महिला रेफरी शबनम राई अनि दावा डोमा भूटिया रहेकी थिइन्। फोर्थ अफिसियल नितेश देवान थिए। खरसाङ महकुमाबाट जम्मा ५ वटा टीमले लीगमा हिस्सा लिएको छ।

यसमा हिल्स फूटबल एकाडमी, जेआर३२ फूटबल एकाडमी, हिमाली बोर्डिंग स्कूल, कार्मेल हाई स्कूल र पुष्परानी रोय मेमोरियल हाई स्कूल सामेल छ। लीगका सबै म्याचहरू स्थानीय चाँदमारी मैदानमा हुनेछ। आइतवार खेलिने म्याचमा हिल्स फूटबल एकाडमी र पुष्परानी रोय मेमोरियल हाई स्कूलबीच भिड़न्त हुनेछ। म्याच दिउँसो १ बजीदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement