सिलगढीमा ल्यापटप चोरी मामिलामा ४ जना पक्राउ

IMG-20230408-WA0112.jpg

सिलगढी: ल्यापटप चोरीको मामिलामा स्पाको मालकिन सहित ४ जनालाई पक्राउ गरिएको छ। पक्राउपछि आरोपीहरुलाई आज सिलगढी अदालतमा पेश गर्यो।ल्यापटप चोरी काण्डमा पक्रा परेकाहरूमा स्पा मालकिन छेम ल्हमु शिलाल, तिनको साथी किरण, आकाश तामाङ र उदित राई सामेल छन्। तिनीहरूमध्ये छेम ल्महू, आकाश र उदित सिक्किम निवासी हुन् भने किरण बाघडुग्रा निवासी हुन्। प्राप्त जानकारी अनुसार गत १७ मईमा मतिगढ़ा थाना अन्तर्गत रामकृष्णपल्ली इलाका निवासी मेघना नाम गरेको छात्राको घरबाट ल्यापटप चोरी भएपछि गत १८ मईमा मतिगढा थानामा अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले सबैभन्दा पहिला आकाश तामाङलाई पक्राउ गरेर तिनीसित सोधखोज गरेपछि चोरी गरेको ल्यापटप उदित राईकोमा रहेको थाहा पाए। सो ल्यापटप उदितले केवल दुई हजार रुपियाँमा स्पा मालकिन छेम ल्हमुलाई बिक्री गरेपछि तिनले उक्त ल्यापट आफ्नो विशेष साथी किरणलाई दिएको थियो। जाँच अवधि पुलिसले थाहा पाए कि विगत केही दिनदेखि सहरमा भइरहेको चोरीको मामिलामा मतिगढाको एउटा सपिङ मलमा रहेको स्पा मालकिन छेम ल्हु र तिनको साथी किरणको संलग्नता रहेको छ।

About Author

Advertisement