हाम्रो पार्टीको प्रार्थी रिन्जेन कुसाङ मोक्तानको पक्षमा चुनाव प्रचारमा पार्टी अध्यक्ष अजय एडवर्ड तीनधारे महानदीमा

IMG-20220622-WA0144.jpg

खरसाङ: हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डलाई तीनधारेमा आफ्नो पार्टीको समर्थकहरूले स्वागत जनाएका छन्। अजय एडवर्ड आज मिरिकबाट सुकना पानीघट्टा समष्टीको हुँदै सुकनाबाट तीनधारे आईपुगेका थिए। तीनधारेको क्रिकेट बजारस्थित हाम्रो पार्टीको प्रार्थी रिन्जेन कुसाङ मोक्तानको घर नजिक हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डलाई स्वागत गरिएको थियो। आफ्नो समर्थकहरूले तीनधारेमा स्वागत जनाएकोमा धन्यवाद दिएका छन्। तीनधारेबाट अजय एडवर्डले तीनधारे महानदी समष्टिको प्रार्थी रिन्जेन कुसाङ मोक्तानलाई गाड़ीका राखेर जनतालाई भोटको अपिल गर्दै हिँड़ेका थिए। अजय एडवर्डलाई घैयाबारीमा पनि आफ्नो समर्थकहरूले स्वागत जनाएका थिए भने उनी महानदी पुग्दा ‘जय जनता’को नारा लगाएका थिए। महानदीबाट हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्ड खरसाङतर्फ प्रस्थान गरेका थिए। हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले तीनधारे महानदी समष्टिको प्रार्थी रिन्जेन कुसाङ मोक्तानको पक्षमा तीनधारेदेखि महानदीसम्म चुनाव प्रचार गरिदिएकोमा हाम्रो पार्टीको कार्यकर्ताहरू लगायत प्रार्थी रिन्जेन कुसाङ मोक्तान निक्कै खुशी देखिन्थे भने सबैमा नयाँ जोस र उत्साह मिलेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement