दिल्ली क्यापिटल्सको निराशाजनक प्रदर्शनपछि पृथ्वी सावमाथि वाट्सनको कटाक्ष

IMG-20230520-WA0114.jpg

२० मईः दिल्ली क्यापिटल्सका सहायक प्रशिक्षक शेन वाट्सनको भनाइअनुसार, पृथ्वी सावले आफ्नो अद्भूत प्रतिभाको दममा अन्तर्राष्ट्रिय क्रिकेटमा राज गर्नु पर्ने थियो तर इण्डियन प्रीमियर लीग (आईपीएल)-को जारी सीजनमा यस ओपनिंग ब्याटरको विफलता टीमको निम्ति सबैभन्दा ठूलो निराशा रह्यो। आईपीएल २०२३ शुरु हुन अघि टीमका मुख्य प्रशिक्षक रिकी पण्टिंगले पृथ्वीको निम्ति यो सत्र सफल हुने दावी गरेका थिए तर यस प्रतिभाशाली ओपनिंग ब्याटरको प्रदर्शन मुख्य प्रशिक्षकको आशाको ठीक उल्टा रह्यो। शुरुवाती ६ वटा म्याचमा खराब प्रदर्शनपछि त उनलाई टीमबाट नै बाहिर गरियो तर त्यसले दिल्ली क्यापिटल्सको ब्याटिंगमा समस्या अझ बढ़्यो। चेन्नई सुपर किंग्स विरुद्ध टीमको अन्तिम म्याचअघि वाट्सनले भने, यस सीजनमा दिल्ली क्यापिटल्सको सबैभन्दा निराशाजनक कुराहरूमा पृथ्वी साव एक रह्यो। उनक ब्याटिंग हेर्नु असाधारण लाग्छ। उनले आफ्नो कौशलको दममा विश्वका सर्वश्रेष्ठ बलरहरूलाई सजिलै सामना गर्न सक्छन्। उनको प्रतिभालाई ध्यानमा राखेर नै हामीले पृथ्वीलाई शुरुवातमा अधिक मौका दियौं तर कुनै फाइदा भएन। गत केही सत्रमा उनको ब्याटिंगमा निरन्तरताको कमी देखिएको छ।
यस २३ वर्षीय ब्याटरले पञ्जाब किंग्स विरुद्ध गत म्याचमा चाहिँ अर्द्धशतक बनाएर लय हासिल गरेको संकेत दिए। वाट्सनले भने, केही म्याचको निम्ति टीम बाहिर बसेपछि उनले आफ्नो पूरा ध्यान खेलमा लगाए। उनमा ब्याटको साथ असाधारण प्रदर्शन गर्ने कौशल छ। उनले त अन्तर्राष्ट्रिय क्रिकेटमा राज गर्नु पर्ने थियो तर धेरैपल्ट मानिसहरूले निरन्तरता हासिल गर्नमा समय लगाउँछन्। वाट्सनले यसको साथमा टीमको होम ग्राउण्डको पीच पनि टीमको ब्याटिंग अनुकूल नरहेको बताए। उनले भने, दिल्लीको पीच हाम्रो निम्ति राम्रो रहेन। यो पीच यस्ता टीमहरूका निम्ति हो, जसको शीर्ष क्रममा धेरै भारतीय ब्याटर हुन्छन्। हाम्रो टीममा यस्तो सुविधा छैन। उल्लेखनीय छ, वाट्सनले आईपीएलमा चेन्नई सुपर किंग्सबाट खेल्दै असाधारण प्रदर्शन गरेका थिए। यस फ्रेञ्चाइजीको सफलताबारे प्रश्न गरिँदा उनले भने, महेन्द्र सिंह धोनी र स्टीफन फ्लेमिंगको साथ टीमको नेतृत्वलाई लगातार बनाइ राख्दा टीममा शान्तिको माहौल छ। चेन्नईको टीमले अधिक फेरबदल गर्दैन। उनीहरूसँग व्यवस्थित टीम रहेको छ। खेलाड़ीहरूलाई आ-आफ्नो भूमिका राम्ररी थाहा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement