बृजभूषणको टिप्पणीले प्रदर्शनकारी पलवानहरू क्षुब्ध

IMG-20230520-WA0109.jpg

२० मईः ओलम्पिक पदक विजेता पहलवान बजरंग पूनियाले भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-का पूर्व अध्यक्ष बृजभूषण शरण सिंहको कथित बयानको निम्ति आलोचना गरेका छन्। बृजभूषणले हालै एउटा बयानमा पहलवानहरूले जितेको पदक १५ रुपियाँमा किन्न सकिने बताएका थिए। यसको साथमा उनले पहलवानहरूलाई उनीहरूका प्रशिक्षणमा सरकारले खर्च गरेको करोड़ौं रुपियाँ पनि फर्काउनु भनेका थिए। महिला पहलवानहरूद्वारा लगाइएको कथित यौन उत्पीड़नका आरोपहरूको सामना गरिरहेका बृजभूषणले यस्तो बयान दिएपछि पहलवानहरू रिसाएका छन्। जन्तर-मन्तरमा विरोध प्रदर्शनको अगुवाई गरिरहेका बजरंगले जुन पदकलाई बृजभूषणले १५ रुपियाँको बताएर अपमान गरेको छन्, त्यसलाई हासिल गर्न उनीहरूले १५ साल मेहनत गरेको बताए।
बजरंगले भने, उनले हामीलाई पदक दानमा दिएका होइनन्। मैले आफ्नो खून पसीना बहाएर देशको निम्ति जितेको हो। हाम्रो उपलब्धिहरूलाई सामान्य भए पनि सम्मान गर्ने भए उनले यस्तो शब्द प्रयोग गर्ने थिएनन्। यसरी नै रियो ओलम्पिकमा पदक विजेता महिला पहलवान साक्षीले उनी गुड़ियासँग खेल्ने उमेरमा कुश्ती खेलिरहेकी थिइन् भनी बताइन्। साक्षीले भनिन्, उनले जुन पदकलाई १५ रुपियाँको भनिरहेका छन्, त्यसको निम्ति हामीले सबैथोक त्याग गरेका छौं। देशका च्याम्पियन खेलाड़ीहरूले यस्तो दिन देख्नु साँच्चै लाजमर्दो कुरा हो। मैले पदक देशको निम्ति जितेको हो अनि यसको कुनै मूल्य हुँदैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *