आईपीएल २०२३:राजस्थान रोयल्स ४ विकेटले विजयी

IMG-20230519-WA0304.jpg

१९ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ६६औं म्याचमा राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गऱ्यो। यस जीतको साथै राजस्थान रोयल्स प्लेअफ्-को होड़मा कायम रह्यो भने पञ्जाब किंग्सको चाहिँ ट्रफी जित्ने सम्भावना समाप्त भयो। शुक्रवार धर्मशालामा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै पञ्जाब किंग्सले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनायो। सेम कुरेनले ४ वटा चौका र २ वटा छक्काको साथ ३१ बलमा अविजित ४९ रन बनाए। यसबाहेक विकेटकीपर जितेश शर्माले ३ वटा छक्का र ३ वटा चौकाको साथ २८ बलमा ४४ रन बनाए। शाहरुख खानले २३ बलमा अविजित ४१ रन बनाए। पञ्जाबका बलरहरूमा नवदीप सैनीले सर्वाधिक ३ विकेट लिए। जवाफमा राजस्थान रोयल्सले १९.४ ओभरमा ६ विकेटमा १८९ रन बनाएर म्याच जित्यो। देवदत्त पडिक्कलले ५ वटा चौका र ३ वटा छक्काको साथ ३० बलमा सर्वाधिक ५१ रन बनाए। यसबाहेक यशस्वी जयसवालले ८ वटा चौकाको साथ ३६ बलमा ५० रन बनाए। यी दुई बाहेक शिमरोन हेटमायरले ३ वटा छक्का र ४ वटा चौकाको साथ २८ बलमा ४६ रनको योगदान दिए। ध्रुव जुरेलले अन्तिम ओभरको चौथो बलमा छक्का लगाएर टीमलाई जीत दिलाए। जुरेलले अविजित १० रन बनाए। पञ्जाबका बलरहरूमा कगिसो रबाडाले सर्वाधिक २ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *