दिल्ली धरनाबाट फर्केका भूपूसैनिकहरुलाई रम्फूमा भव्य स्वागत

IMG-20230519-WA0302.jpg

गान्तोक। अवकाशप्राप्त सैनिकहरुको विभिन्न लम्बित मांगहरुबारे केन्द्र सरकारसम्म आवाज पुर्‍याउऩे बारम्बार प्रयासबीच हाल चलिरहेको देशव्यापी धर्नामा सहभागिता जताउन गत १५ मईको दिन सिक्किमदेखि गएका चार अवकाशप्राप्त सैनिक तीन दिन धरनामा भाग लिएर सिक्किम ङ्गर्के। वापसीको क्रममा आज सिक्किमको प्रमुख प्रवेशद्वार रम्ङ्गूमा एक्स सर्विसमेन असोसिएसन अङ्ग सिक्किमका सदस्यहरुले भव्य स्वागत जताए। अवकाशप्राप्त हवल्दार केबी राई, अशोक बागदास, नायक लाको छिरिंग लेप्चा र लेंस नायक अशोक सुब्बा १५ मईको दिन दिल्ली पुगेर राष्ट्रीय स्तरमा चलिराहेको रिले धरनामा सहभागिता जताएका थिए। उनीहरुलाई विभिन्न प्रकारले सहयोगको साग सिक्किमका सबै एक्स सर्विसमेनको आन्दोलनमा पूर्ण समर्थन र सहयोग रहने जानकारी दिल्लीमा बसेका अन्य राज्यका आन्दोलनकारीहरुलाई दिएका थिए। आज स्वागतको क्रममा असोसिएसन सचिव एपी राईले सिक्किममा रहेको १४०० एक्स सर्विसमेनहरुहरुको प्रतिनिधित्व गर्दै गएका चार सदस्यलाई सम्पूर्ण एक्स सर्विसमेनहरुको तर्ङ्गबाट आभार प्रकट गरे। स्वागत कार्यक्रममा उपस्थित एक्स सर्विसमेन असोसिएसन अङ्ग सिक्किमका सभापति कर्नल डीएन भोटियाले हालसम्मको धरना साथै आगामी दिनको आन्दोलनका रूपरेखाबारे जानकारी गराए। आज स्वागत कार्यक्रममा पूर्व ,पश्र्चिम र दक्षिण जिलादेखि भूतपूर्व सैनिकहरु साथै जिला अध्यक्ष टीडी भोटिया बीएस गुरुङ र एनबी गुरुङको विशेष उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *