“मेरा वन, मेरा धन, मेरा उद्यम” अन्तर्गत कालो साबुन बनाइयो

IMG-20230519-WA0297.jpg

गान्तोक: सिक्किममा “मेरा वन, मेरा धन, मेरा उद्यम” को विषयवस्तुको साथ प्रधान मन्त्री वन धन योजना आदिवासी समुदायलाई व्यापक रूपमा सशक्त बनाउन सफल भएको छ। त्यसैगरी समुदायको सशक्तिकरणको दिशामा एउटा पाइला थप्दै साङ वन धन विकास केन्द्रको आयोजनामा आज त्सालम्थाङमा कालो साबुन तालिमको शुभारम्भ गरिएको छ। नाम्ची जिल्ला अन्तर्गत सिक्किम नारी प्रगतिशील सहकारी समिति लमिटेडकी सुनिता गदाईलीलाई प्रशिक्षणको लागि मास्टर ट्रेनरको रूपमा आमन्त्रित गरिएको छ। उनले कालो साबुन उत्पादन मात्र नभई प्रशिक्षार्थीहरुको उद्यमशीलता र क्षमता अभिवृद्धि सीपको बारेमा पनि जानकारी गराइन्।

उदघाटन कार्यक्रममा आज विभागीय अधिकारीहरु र वन धन विकास केन्द्र सदस्यहरुको
उपस्थिति रहेको थियो ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *