चामलिङले दसजना विधायकलाई बीजेपीमा सामेल गराएः विधायक पिन्छो नामग्याल

IMG-20230519-WA0294.jpg

गान्तोक: पूर्व मुख्यमन्त्री पवन चामलिङले सदनमा जहिले पनि आफू एक्लै विपक्षी दलको प्रतिनिधित्व गर्दै आइरहेको सदनमा आएको बताउँदै आइरहेका छन्। यसै क्रममा आज पनि उनले विपक्षी दलबाट आफू एक्लै भएको कारण जनहितमा कुरा राखेको जानकारी गराएका थिए। यसै सन्दर्भमा जङ्गु निर्वाचन क्षेत्रका विधायक पिन्छो नामग्याल लेप्चाले विधायक चामलिङले दसजना विधायकहरूलाई दिल्लीमा लगेर भारतीय जनता पार्टीमा सामेल गराएको बताए। चामलिङले उनीहरूलाई दिल्ली लगेको र त्यहाँ भारतीय जनता पार्टीका केन्द्रीय नेताहरू अघि सामेल गराएको ठोकुवा गरे। त्यसबेला चामलिङले त्यहाँ हस्ताक्षर पनि गरेको आफूसँग प्रमाण रहेको उनले दावी गरे। तर अहिले आएर घरिघरि विपक्षी दलबाट आफू एक्लै भनेकोमा उनले आपत्ति जनाए। त्यसबेला केन्द्रीय नेताहरूले सिक्किममा एसकेएम पार्टी र बिजेपीको सरकार भएको कारण त्यहाँ गएर काम गर्ने सुझाउ दिएको उनको भनाइ थियो। तर अहिले वर्तमान सरकारले एसकेएम पार्टीको विधायक नभएको निर्वाचन क्षेत्रमा पनि पुगेर जनताको काम गर्दै आएकोमा उनले खुशी प्रकट गरे। यसरी मुख्यमन्त्रीको ठूलो सोंचको कारण अहिले सबै निर्वाचन क्षेत्रमा कामहरू भएकोमा उनले मुख्यमन्त्रीलाई धन्यवाद दिँदै कृतज्ञता प्रकट गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *