आतंकवादी अर्शदीपका दुई सहयोगी एनआईएको कब्जामा

nat-1

नयाँ दिल्लीः राष्ट्रीय जाँच एजेन्सी (एनआईए)-ले शुक्रवार दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रीय हवाईअड्डाबाट क्यानडा बस्दै आइरहेका ‘घोषित आतंकवादी’ अर्शदीप सिंह डल्लाको लागि हिंसा, तस्करी औ बलजफ्ती धन आर्जनमा सामेल दुई सहयोगीलाई पक्राउ गरेको छ।

यिनीहरूको पहिचान अमृतपाल र अमृतक सिंहको रूपमा भएको छ भने यी दुवै मलिना (फिलीपिन्स)-मा बस्दै आएका थिए। देशमा प्रतिबन्धित संगठनहरूका हिंसक गतिविधिहरूमा सामेल यी दुईविरूद्ध दिल्लीको एनआईए अदालतले गैरजमानती वारन्ट जारी गरिसकेको छ। यिनीहरूविरूद्ध पंजाबमा धेरैवटा मामिलाहरू दर्ता छन्।

यी दुई आतंकवादी संगठन ‘खालिस्तान टाइगर फोर्स’ (केटीएफ)-को लागि धन जुटाउन भारत आएका थिए। यिनीहरू कुख्यात अपराधी मनप्रीत सिंहसित मिलेर पाकिस्तानबाट हतियारहरूको तस्करी र देशमा बलजफ्ती धन आर्जन गर्ने कार्यमा पनि सामेल थिए। एनआईएले गत वर्षगो २० अगस्तमा यी दुईविरूद्ध गैरकानूनी गतिविधिहरू (रोकथाम) अधिनियम (यूएपीए) र आईपीसीका विभिन्न धाराहरू अन्तर्गत मुद्दा दर्ता गराएको थियो।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *