के-लीगः जर्जियन एफसी विरुद्ध २-०-ले विजयी सुबोथ फूटबल एकाडमी

photocollage_202351923217534.jpg

१९ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा सुबोथ एफए (मंगपंग)-ले आफ्नो पहिलो जीत दर्ता गऱ्यो । स्थानीय मेला ग्राउण्डमा शुक्रवार खेलिएको म्याचमा युवा खेलाड़ीहरूले सुसज्जित सुबोथ फूटबल एकाडमीले खिताब जित्ने दावेदारहरूमा सामेल जर्जियन फूटबल क्लबलाई २-०-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट सोहेल रोयले पहिलो मिनटमै गोल गरे। त्यसपछि प्रज्ञान मंगरले ४७औं मिनटमा अझ एक गोल थपेर सुबोथ एफए-को जीत अनि जर्जियन फूटबल क्लबको हार सुनिश्चित गरे। विजेता टीमका युवराज लामालाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। शनिवार दुईवटा म्याच खेलिनेछ। दिउँसो १ बजीदेखि शुरु हुने पहिलो म्याचमा सेसोनिअन एफसी र शेयर एफसी-बीच भिड़न्त हुनेछ। यसरी नै दिउँसो २.३० बजीदेखि दोस्रो म्याच गोरुबथान एफसी र बोंग एफसी-बीच खेलिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *