३२ हजार प्राथमिक शिक्षकहरूको नौकरी रद्द गर्ने फसेलामा स्थगन

00-1-Chheriya-Samachar-1

कोलकाताः कलकत्ता उच्च न्यायालयको खण्डपीठले ३२ हजार प्राथमिक शिक्षकहरूको नौकरी रद्द गर्ने न्यायमूर्ति अभिजीत गांगुलीको आदेशमा अन्तरिम रोक लगायो। न्यायमूर्ति सुब्रत तालुकदार र न्यायमूर्ति सुप्रतिम भट्टाचार्यको खण्डपीठले शुक्रवार भन्यो, यो रोक आगामी सेप्टेम्बरसम्म वा अदालतको आगामी आदेशसम्म लागू रहनेछ।

न्यायमूर्ति गांगुलीले गत शुक्रवार मामिलामा फसेला सुनाउँदै प्राथमिक शिक्षा बोर्डलाई पुनः भर्ती प्रक्रिया शुरू गर्ने आदेश दिएका थिए। खण्डपीठले शुक्रवार आफ्नो अन्तरिम आदेशमा भर्ती प्रक्रिया शुरू गर्ने न्यायमूर्ति गांगुलीको आदेशको पालना गरिनुपर्ने बताएको छ।

न्यायमूर्ति गांगुलीले भनेका थिए, बर्खास्त शिक्षकहरूलाई चार महिनाको अवधिको निम्ति आफ्नो स्कूलहरूमा पढ़ाउने अनुमति दिइनेछ। यद्यपि, उनीहरूलाई सहायक शिक्षकहरूको वेतन ढांचा अनुसार भुक्तान गरिनेछ। खण्डपीठको अन्तरिम आदेशपछि के उनीहरूले फेरि त्यही वेतन पाउनेछन् ? भनी प्रश्न उठ्दछ। यद्यपि, खण्डपीठले यसमा स्थिति स्पष्ट गरेन। हाईकोर्टले भन्यो, भर्ती प्रक्रियामा हरेकले हिस्सा लिनसक्छ। खण्डपीठको यस फसेलाको कारण यदि नौकरी रद्द भएन भने पनि यी ३२ हजार प्राथमिक शिक्षकहरूलाई नयाँ भर्ती प्रक्रियामा भाग लिनु पर्नेछ।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *