जी-७ शिखर सम्मेलनमा मेरो उपस्थिति विशेष रूपले सार्थक हुनेछ: प्रधानमन्त्री मोदी

nmodi._757

नयाँ दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रवार तीन देशको यात्राको पहिलो चरणमा जापान तर्फ प्रस्थान भएका छन्। यसपूर्व प्रधानमन्त्रीले भने, भारतको जी-२० अध्यक्षतालाई मध्यनजर गर्दै जी-७ शिखर सम्मेलनमा उनको उपस्थिति विशेष रूपले सार्थक हुनेछ। प्रधानमन्त्रीले भने, हालैमा भारत-जापान शिखर सम्मेलनको लागि भारतको यात्रा गरेपछि जापानी प्रधानमन्त्री किशिदासित भेट हुनु प्रसन्नताको कुरा हुनेछ। किनभने यस वर्ष भारतले जी-२० को अध्यक्षता गरिरहेको छ। यसोसले पनि जी-७ शिखर सम्मेलनमा मेरो उपस्थिति विशेष रूपले महत्वपूर्ण हुनेछ।

जी-७ का सदस्यहरू साथै अन्य आमन्त्रित अतिथि देशहरूसित विश्वसामु आइलाग्ने चुनौतीहरू र त्यसलाई सामूहिक रूपले सम्बोधन गर्नेसित सम्बन्धित विचारहरूको आदान-प्रदानलाई लिएर आफू धेरै उत्सुक रहेको अवगत गराउँदै प्रधानमन्त्रीले अघि भने, यस अवधि म हिरोशिमा जी-७ शिखर सम्मेलनमा भाग लिने केही नेताहरूसित द्विपक्षीय बैठकहरू गर्नेछु।

उनले भने, जापानपछि म पापुआ न्यू गिनीको पोर्ट मोरेस्बीको दौड़ाह गर्नेछु। पापुआ न्यू गिनीको यो मेरो पहिलो यात्रा हुनेछ। साथै कुनै पनि भारतीय प्रधानमन्त्रीको पापुआ न्यू गिनीको यो पहिलो यात्रा पनि हुनेछ। प्रधानमन्त्रीले आगामी २२ मईको दिन पापुआ न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापेसित संयुक्त रूपमा भारत-प्रशान्त द्वीप सहयोग फोरम (एफआईपीआईसी)-को तेस्रो शिखर सम्मेलनको आतिथ्य सत्कार गर्नेछन्। सबै १४ प्रशान्त द्वीपका देश (पीआईसी)-हरूले यस महत्वपूर्ण शिखर सम्मेलनमा भाग लिनको लागि निमन्त्रणा स्वीकारेकोमा प्रधानमन्त्रीले सबैप्रति आभार पनि प्रकट गरे। मोदीले आफ्नो अस्ट्रेलिया भ्रमणबारे जानकारी गराउँदै भने, प्रधानमन्त्री अल्बनीजको निम्तोमा सिडनीको यात्रा गर्नेछु। म भारत-अस्ट्रेलिया बैठकको लागि उत्सुक छु जुन हाम्रो दुईपक्षीय सम्बन्धको जायजा लिनका साथै यसै वर्षको मार्चमा नयाँ दिल्लीमा सम्पन्न पहिलो भारत-अस्ट्रेलिया शिखर सम्मेलनमाथि अघिल्लो कारबाही गर्ने अवसर हुनेछ। अस्ट्रेलियामा सीईओ र व्यापार जगतका प्रमुख हस्तीहरूसित बैठक गर्नेछु र सिडनीमा आयोजना हुने एक विशेष कार्यक्रम अवधि भारतीय समुदायसित भेटघाट गर्नेछु।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *