मोदी सरकारको ”यूपीआई क्रान्ति”-ले आम जीवनमा ठूलो परिवर्तन ल्यायो

nat-1

पटना/बेगूसरायः प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वाधिन सरकारले नौ वर्षको अन्तरालमा केही यस्ता क्रान्तिकारी कदमहरू उठाएको छ जुन आज मानिसहरूको अनिवार्य आवश्यक्ता बन्न पुगेको छ। यस्तै एउटा पहल डिजिटल क्रान्ति हो। एउटा यस्तो क्रान्ति जसले भारतको डंका सारा दुनियाँमा बजाइदियो।

प्रधानमन्त्रीको भिजनबाट पैसाको लेनदेनमा भएको डिजिटल क्रान्तिले स-साना पसलेहरूको ठूलो समस्या मात्र हल गरिदिएन जबकि आम जनजीवनलाई सुगम बनाइदियो। यूपीआईको शुरूआतले मानिसहरूलाई खल्तीमा रुपियाँ वा सिक्का बोकेर हिँड़्नुपर्ने झञ्ञटबाटै मुक्ति दिलाएको छ। साथै पसलेहरूको दुई-चार रुपियाँ उधारो लाग्ने डर पनि समाप्त गरिदिएको छ। बेगूसरायमा दिनहुँ यसबाट करोड़ौं रुपियाँको लेनदेन भइरहेको छ।

आज हरेक व्यक्तिले डिजिटल पेमेन्टलाई प्राथमिकता दिरहेका छन् जसले यूपीआईको सफलताको कथा सुनाइरहेको छ। भारतको यस डिजिटल पेमेन्टमा आएको क्रान्तिलाई देखेर आज सारा दुनियाँ अचम्भित भएको छ। प्रधानमन्त्रीको दूरदर्शी भिजनको कारणले यूपीआईले नित्य नयाँ रेकार्ड बनाइरहेको छ। पछिल्लो वित्तीय वर्षमा यूपीआई लेन-देनले नयाँ रेकर्ड बनाउँदै १४ लाख करोड़ रुपियाँको आँकड़ालाई पछि पारेको छ। रियल टाइम डिजिटल पेमेन्टको मामिलामा भारत दुनियाँमै पहिलो स्थानमा छ।

एक सर्वे रिपोर्टले भनेको छ, भारतको डिजिटल पेमेन्ट्स मार्केट आगामी वर्ष २०२६ सम्ममा तीन ट्रिलियन डलरदेखि दश ट्रिलियन डलरसम्म अर्थात तीन गुणाभन्दा अधिक हुनेछ। सम्पूर्ण देशमा यतिधेरै मानिसहरूले यूपीआईलाई प्रयोग गरिरहेका छन् भने बिहारको औद्योगिक राजधानी बेगूरसाय पनि यस मामिलामा पछि छैन। यहाँ १५ लाखभन्दा अधिक मानिसहरूले विभिन्न यूपीआई प्रयोग गरिरहेका छन् तथा प्रत्येक दिन करोड़ौं रुपियाँको लेनदेन भइरहेको छ।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *