नयाँ दिल्लीः पर्यावरण मन्त्री गोपाल रायले शुक्रवार औद्योगिक प्रदूषणलाई लिएर दिल्ली सचिवालयमा समीक्षा बैठक गरे। बैठकमा डीपीसीसी, पर्यावरण विभाग, डीएसआईआईडीसी, राजस्व, एमसीडी, डीडीए आदिका अधिकारीहरू उपस्थित थिए।बैठकपछि मन्त्री गोपाल रायले बताए, दिल्लीमा औद्योगिक एकाईहरूको निरन्तर निरीक्षणको लागि डीपीसीसी र डीएसआईआईडीसीका ३३ टीम गठन गरिएको छ। औद्योगिक अपशिष्ट डम्पिङको निगरानी गर्नको लागि सम्पूर्ण दिल्लीमा ३ विभागका ४७२ कर्मीहरूका १४१ पेट्रोलिङ टीमलाई दिउँसो र ३९७ कर्मीहरूका १०८ पेट्रोलिङ टीमलाई राती तैनाथ गर्ने निर्णय लिइएको छ।
सबै टीमले दिल्लीका सबै औद्योगिक एकाईहरूमा निगरानी राख्नको साथै प्रदूषण रोकथामको लागि त्वरित कदम उठाउने छ। यससको रिपोर्ट समय-समयमा पर्यावरण विभागलाई प्रेषित गरिनेछ। औद्योगिक एकाईहरूले पर्यावरण नियमहरूको उल्लंघन गरेका खण्डमा डीपीसीसीको टीमलाई कठोर कारबाही गर्ने आदेश पनि दिइएको छ। दिल्लीका १७२१ पञ्जीकृत औद्योगिक एकाईहरूलाई पीएनजीमा परिणत गरिनेछ।
बैठकबारे प्रकाश पार्दै दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले बताए, गर्मीयाममा हुने प्रदूषणको समस्यासित भिड़्नको लागि गत १ मईमा मुख्यमन्त्री अरविन्द केजरीवालले १४ फोकस प्वाइन्टमाथि आधारित ‘समर एक्शन प्लान’-को घोषणा गरेका थिए। दिल्लीको वायु प्रदूषणमा अझ सुधार ल्याउनको लागि समर एक्शन प्लान अन्तर्गत औद्योगिक प्रदूषणमाथि निगरानी तथा त्यसको अपशिष्टलाई प्रबन्धन गर्ने कार्य शुरू भइसकेको छ।
-हिस