माध्यमिकको टप टेन छात्रहरूको सूचीमा कूचबिहार जिल्लाका तीन छात्र

00-1-Chheriya-Samachar-1

कुचबिहारः राज्यमा माध्यमिकका टप टेन छात्रहरूको सूचीमा कूचबिहार जिल्लाका तीन छात्रले ठाउँ बनाएका छन्। कूचबिहारको रामभोला हाई स्कूलका सत्यम वणिकले ६८६ अंक हासिल गरी राज्यमा सातौं स्थान हासिल गरेका छन्। जबकि दिनहाटा गोपालनगर एमएसएस हाई स्कूलकी प्रत्युषा बर्मन ६८५ अंक प्राप्त गरी आठौं स्थानमा छिन्। बक्शीरहाट हाई स्कूलका तुषार देबनाथ ६८४ अंकको साथ ९औं स्थानमा रहे।

यस पाली उत्तर बंगालमा मेधा तालिकामा मालदाबाट २१, उत्तर दिनाजपुरबाट ९, दक्षिण दिनाजपुरबाट १, जलपाइगढ़ीबाट १ र कूचबिहारबाट ३ छात्र छन्। मध्य शिक्षा बोर्डले शुक्रवार बिहान १० बजी आधिकारिक परिणाम घोषित गऱ्यो। यस पाली छह लाख ८२ हजार ३२१ छात्रले परीक्षा दिएका थिए। जसमा पाँच लाख ६५ हजार ४२८ पास भएका छन्। टप टेनको सूचीमा यस पाली १६ जिल्लाबाट ११८ छात्र सामेल छन्।

-हिस

About Author

Advertisement