नयाँ दिल्लीः भारतीय राष्ट्रीय राजमार्ग प्राधिकरण (एनएचएआई)-ले १०० घण्टाभित्रमा १०० किलोमीटरको नयाँ एक्सप्रेस-वे बिछाएर अर्को उपलब्धि हासिल गरेको छ। केन्द्रिय मन्त्री नितिन गडकरीले निर्माणाधिन नयाँ एक्सप्रेसवेका तस्वीरहरू साझा गर्दै आज उक्त घोषणा गरे। उत्तर प्रदेशको गाजियाबाद-अलीगढ़ एक्सप्रेस-वेले एक उल्लेखनीय उपलब्धि हासिल गर्दै एक सय घण्टाको अभूतपूर्व समयमा एक सय लेन किलोमीटरको दूरीसम्म बिटुमिनस कंक्रिट बिछ्याएको छ। गडकरीले भने, यो उपलब्धिले भारतको सड़क पूर्वाधार उद्योगको समर्पण र सरलतालाई उजागार गर्दछ।
बिटुमिनस कंक्रिट बिछ्याउनको लागि उच्चतम रेकर्डको उत्सव समारोहलाई सम्बोधन गर्दै केन्द्रिय सड़क, परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले क्यूब हाईवेज, एल एण्ड टी औ गाजियाबाद अलीगढ़ एक्सप्रेसवे प्राइभेट लिमिटेड (जीएईपीएल)-का टीमहरूलाई उनीहरूको उत्कृष्ट उपलब्धिको लागि बधाई दिए। उल्लेखनीय छ कि राष्ट्रीय राजमार्ग (एनएच)-३४ को गाजियाबाद-अलीगढ़ खण्ड ११८ किलोमीटरमा फैलिएको छ। यसले गाजियाबाद र अलीगढ़को घना जनसंख्यायुक्त क्षेत्रहरूबीच परिवहन लिंकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यो परियोजना दादरी, गौतम बौद्ध नगर, सिकन्दराबाद, बुलन्दशहर एवं खुर्जा सहित उत्तर प्रदेशका विभिन्न गाउँ औ शहरहरू भएर गुज्रिन्छ।
स्थिरता र लागत-प्रभावशीलताप्रति प्रतिबद्धतामाथि बल दिँदै गडकरीले भने, हामीले परियोजनामा कोल्ड सेन्ट्रल प्लान्ट रीसाइक्लिङ (सीसीपीआर) प्रौद्योगिकीको प्रयोगलाई लागू गरेका छौं। यस नवीन हरित प्रौद्योगिकीमा ९० प्रतिशत मिल्ड सामग्रीको प्रयोग सामेल छ जुन लगभग २० लाख वर्ग मीटर सड़कको सतह बराबर छ। यसबाट काँचो पदार्थको प्रयोग दश प्रतिशत कम भएको छ।
-हिस