कर्नाटकको शपथ ग्रहण समारोहको निम्ति लिएर दिल्ली पुगे सिद्धारमैया र डीके शिवकुमार

nat-1

नयाँ दिल्लीः कर्नाटकमा कंग्रेसका मुख्यमन्त्री एवं उपमुख्यमन्त्री बन्न गइरहेका सिद्धारमैया र डीके शिवकुमार शुक्रवार कंग्रेस हाईकमाण्डलाई निम्तो दिनको लागि दिल्ली आइपुगे।

दिल्ली पुगेपछि कंग्रेस नेता डीके शिवकुमारले भने, उनी यहाँ कंग्रेस नेतृत्वलाई निम्तो दिन आएका हुन्। कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गे, गान्धी परिवार लगायत अन्य वरिष्ठ नेताहरूलाई शपथग्रहण समारोहमा आमन्त्रित गर्नेछौं। उनले भने, यी नेताहरूले कर्नाटक चुनाउमा मार्गदर्शन गरे र परिश्रम पनि। साथै उनीहरूले निमन्त्रणासितै आगामी मन्त्रीमण्डलको गठनलाई लिएर पनि चर्चा गर्नेछन्।

दिल्लीमा सिद्धारमैया, डीके शिवकुमारले कर्नाटकमा नयाँ मन्त्रीमण्डल गठनको विषयमा केसी वेणुगोपाल औ रणदीप सुरजेवालासित चर्चा गरे। बैठकमा वेणुगोपालको आवासमा आयोजना गरिएको थियो। अब यी दुई नेताले कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेसित भेट गर्नेछन्।

उल्लेखनीय छ, शनिवार दिउँसो १२:३० बजे आयोजन हुने शपथ ग्रहण समारोहको निम्ति बेंगलुरूको कांटेरावा स्टेडियममा तयारी भइरहेको छ। कंग्रेस नेतृत्व बाहेक कंग्रेसका मुख्यमन्त्री राजस्थानका अशोक गहलोत, छत्तीसगढ़का भूपेश बघेल अनि हिमाचल प्रदेशका सुखविन्दर सिंह सुक्खू पनि समारोहमा सामेल हुनेछन्।

सूत्र अनुसार कंग्रेसले विपक्षी दलहरूलाई पनि निम्तो पठाएको छ जसमा राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी)-का प्रमुख शरद पवार, तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिन, बिहारका मुख्यमन्त्री नीतीश कुमार औ उनका डिप्टी तेजस्वी यादव र महाराष्ट्रका पूर्व मुख्यमन्त्री उद्धव ठाकरे सामेल छन्। साथै झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन, जम्मू-कश्मीरकी पूर्व मुख्यमन्त्री महबूबा मुफ्ती, वाम दलहरूका नेता डी राजा एवं सीताराम येचुरी, अभिनेताबाट नेता भएका कमल हसनलाई पनि आमन्त्रित गरिएको छ।

जुन विपक्षी दलका नेताहरूलाई निमन्त्रणा गरिएको छैन त्यसमा भारत राष्ट्र समिति (बीआरएस)-का तेलंगनाका मुख्यमन्त्री के. चन्द्रशेखर राव, वाईएसआर कंग्रेसका नेता एवं आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डी, आप संयोजक अरविन्द केजरीवाल, बसपा सुप्रीमो मायावती, केरलका मुख्यमन्त्री पिनराई विजयन औ बीजू जनता दल (बीजेडी)-का नेता एवं ओडिशाका मुख्यमन्त्री नवीन पटनायक सामेल छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement