नेपालको मुख्य दलमा मजबुत बन्दै हिन्दूराष्ट्रको एजेन्डा

48053b33-95d8-4c0f-8707-9d9d0e75bcf1-1

काठमाण्डौँः नेपालमा धर्मनीरपेक्ष पक्षधर दलहरुभित्रै हिन्दूराष्ट्रको मुद्दा बलियो बन्दै गएको छ । ती दलहरुमा हिन्दूराष्ट्रको मुद्दा उठाउनेहरु खुल्न थालेका छन् ।

नेपालमा हिन्दूराष्ट्र हटाएर धर्मनीरपेक्ष संविधानमा लेख्न मुख्य भूमिका खेलेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा समेत यो मुद्दाले प्रवेश पाएको छ । माओवादी नेता रामकुमार शर्मा र इन्दु शर्माले हिन्दूराष्ट्र र धर्मनीरपेक्ष राष्ट्रको विषयमा जनमतसंग्रह गराउन माग गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर १८ बुँदे ज्ञापनपत्र बुझाएका उनीहरुले मंगलवार जनमतसंग्रहको विषय उठाएपछि राजनीतिक तरंग आएको छ । नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट दल नेकपा एमालेमा हिन्दूराष्ट्रको पक्षमा केही नेताहरु खुल्न थालेका छन् । अध्यक्ष केपी शर्मा ओली निकट नेता महेश बस्नेतले यो मुद्दा उठाइसकेका छन् । एमालेमा भित्र भित्र हिन्दूराष्ट्रको मुद्दा बलियो बन्दै गइरहेको छ ।

नेपाली काँग्रेसभित्र हिन्दूराष्ट्रको पक्षमा प्रभावशाली नेताहरु नै खुलेका छन् । काँग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा डा. सशांक कोइराला हिन्दूराष्ट्रका पक्षधर छन् । उनी पूर्वमहामन्त्री हुन् । केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि हिन्दूराष्ट्रका पक्षधर हुन् ।

काँग्रेस केन्द्रीय सदस्य एवं नेपालका परराष्ट्रमन्त्री एन पी साउद पनि हिन्दूराष्ट्रको मुद्दा उठाउने मध्येका हुन् । काँग्रेसभित्र ठूलो संख्यामा नेता कार्यकर्ता हिन्दूराष्ट्रको पक्षधर हुन् ।हिन्दूराष्ट्रलाई मुख्य मुद्दा बनाउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी छ । नेपालको संसदको पाचौं शक्ति राप्रपाले राजावादी दलका रुपमा चिनिन्छ ।

नेपालमा एकातर्फ दलहरुभित्र हिन्दूराष्ट्रको मुद्दा बलियो बन्दै गएको छ अर्कोतर्फ पश्चिमा देशहरु यो घटनाले झस्किएका छन् । उनीहरुले हिन्दूराष्ट्रको मुद्दा बलियो बनाउन भारतीय जनता पार्टीले भूमिका खेलेको आरोप लगाउन थालेका छन् । अमेरिकाले धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदनमै भाजपामाथि आरोप लगाएको छ । यसलाई लिएर नेपालमा क्रिया प्रतिक्रिया चलेको छ ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement