‘बचपन बचाओ आन्दोलन’: एसडीएमले मुक्त गराए १४ बाल श्रमिकलाई

nat-1

नयाँ दिल्लीः नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित कैलाश सत्यार्थीले स्थापना गरेको ‘बचपन बचाओ आन्दोलन’- को सहयोग र सूचनामा दिल्ली क्यान्टका एसडीएमको नेतृत्वमा नारायणा पुलिसको छापामारीको साझा कारबाहीबाट ढाबा अनि अन्य व्यवसायिक एकाईहरूमा काम गरिरहेका १४ बाल श्रमिकहरूलाई मुक्त गराइयो। बाल श्रमिकहरूबाट काम गराउने यी प्रतिष्ठानहरूविरूद्ध नारायण थानामा मुद्दा दर्ता गरिएको छ।

यस कारबाहीमा ‘बचपन बचाओ आन्दोलन’-को सहयोगी संगठन बाल विकास धारा तथा श्रम विभागका अधिकारीहरू सामेल थिए। यी बाल श्रमिकहरूलाई बाल कल्याण समिति समक्ष पेश गरियो जहाँबाट उनीहरूलाई ‘मुक्ति आश्रम’ पठाइयो। यी सबै बाल श्रमिकहरूको उमेर १२ देखि १७ वर्षसम्म छ जो बिहार, उत्तर प्रदेश र झारखण्डका वासिन्दा हुन्। कारबाहीपछि एसडीएमले नौवटा ढाबा र फ्याक्ट्रीहरू सील गरिदिए भने सबैविरूद्ध किशोर कन्या कानूनको प्रावधान अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

एसडीएम कार्यालयद्वारा जारी बयानमा उल्लेख गरिएको छ, नांगल राया डिस्पेन्सरीमा यी सबै नानीहरूको प्राथमिक उपचार गरिएपछि बाल संरक्षण समिति समक्ष पेश गरियो जहाँबाट उनीहरूलाई ‘मुक्ति आश्रम’ पठाइयो। श्रम विभागले यी बाल श्रमिकहरूको बयान दर्ता गरेको छ। हाल पुलिसले एफआईआर दर्ता गरी अघिल्लो चरणको कारबाही गरिरहेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement