माओवादी उपाध्यक्ष सापकोटासहित २० नेता चीन भ्रमणमा

48053b33-95d8-4c0f-8707-9d9d0e75bcf1-1

काठमाण्डौँः नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र एमसीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा २० सदस्यीय टोली चीन गएको छ। आज शुक्रवार विहान सीपीएन एमसीका प्रभावशाली नेताहरुको टोली चीन भ्रमणमा गएको हो।

टोलीमा सीपीएन एमसीका सचिवहरु गणेश साह, हितमान शाक्य र डिलाराम आचार्य पनि छन्। माओवादीको सातवटै प्रदेशका अध्यक्षहरु पनि भ्रमण दलमा छन्।

छिन्दुमा आयोजित कार्यक्रमहरुमा टोलीका नेताहरु सहभागी हुने जनाइएको छ। माओवादीको चीनसँग विशेष सम्बन्ध छ। यसअघि नेकपा एमालेका नेताहरु चीन भ्रमणमा गएका थिए। चीनले कम्युनिस्ट पार्टीका नेताहरुलाई भ्रमणमा बोलाउँदै आएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement