भाजपा अभिषेकदेखि डरायो यसैले पदयात्रा रोक्ने प्रय़ास गरिरहेछ- ममता

00-1-Chheriya-Samachar-1

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा अभिषेक ब्यानर्जीलाई सीबीआईले नोटिस पठाएपछि तीखो प्रतिक्रिया दिएकी छन्। उनले भनिन्, भारतीय जनता पार्टी (भाजपा) अभिषेक ब्यानर्जीदेखि डराएको छ यसैले उनको पदयात्रा रोक्ने प्रयास गरिरहेछ। शुक्रवार जब सीबीआईले अभिषेकलाई नोटिस पठायो तब उनी बांकुड़ाको पात्रसायरमा पदयात्राको तयारीमा थिए तर नोटिस पाएपछि उनले आफ्नो यात्रा रोके। यसपछि उनले जानकारी दिए कि अहिले यो यात्रा तबसम्मका लागि स्थगित रहनेछ जबसम्म उनी सोधपुछपछि फर्किन्दैनन्। यसपछि अभिषेकको स्थानमा मुख्यमन्त्री ममता ब्यानर्जीले भर्चुअल माध्यमले जनसभालाई सम्बोधित गर्ने तय भयो। यसपछि ममताले फेसबुक लाइभको माध्यमले जनसभालाई सम्बोधित गर्नु शुरू गरिन्।

उनले भनिन्, तृणमूल कांग्रेसको पदयात्रा जनआन्दोलनमा परिणत भएको छ। अभिषेक ब्यानर्जी आफ्नो ज्यानलाई ताकमा राखेर पदयात्रा गररिहेका छन्। गत २४ दिनदेखि उनी सड़कमा छन्। हामीलाई डराउन औं झुकाउनका लागि ना-ना थरीको षड़यन्त्र रचिन्दैछ तर हामी भाजपा सामू न त डराउनेछौं न त झुक्नेछौं। हाम्रो पदयात्रा रोक्नका लागि सीबीआईले नोटिस पठाइरहेछ। एजेन्सीको माध्यमले हामीलाई डराउने काम भईऱहेछ। वास्तविकता यही हो, भाजपा अभिषेक ब्यानर्जीदेखि डराएको छ। सीबीआई र ईडी तृणमूल कांग्रेसदेखि डराउछन्, यो पनि एक सत्य हो। भाजपा लगातार अभिषेकको पछाड़ी लागि परेको छ। तर उसले हामीलाई डराए हामीपनि धम्काउनेछौं। हामी पछि हट्नेछैनौं।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement