जीटीएका उपाध्यक्षद्वारा माङजिङ प्राथमिक पाठशाला परिभ्रमण

00-1-Chheriya-Samachar-1

सिलगढी: प्राथमिक पाठशालाहरुको अवस्था बुझ्न र निरिक्षण गर्न आज जीटीएका उपाध्यक्ष सभासद (प्राथमिक शिक्षा विभागका प्रभारी) राजेश चौहान, जिल्ला शिक्षा बोर्डका चेयरम्यान डा. हर्कबहादुर छेत्री, डीआई स्वपन समन्थ अनि एसआई आनन्द शर्माले मङपुङ, लुङसेल र माङजिङ प्राथमिक पाठशाला परिभ्रमण गरे। प्राथमिक शिक्षा विभागका प्रभारी सभासद चौहानले जीटीए गुणस्तरीय  शिक्षाको निम्ति प्रतिबद्ध रहेको भन्दै सम्बन्धि अधिकारीको टोलीले प्राथमिक स्कूलको निरिक्षण गरिरहेको जनाए। ‘अहिले प्राथमिक स्कुलहरुबाट अभिभावकहरुको विश्वास गुमिसकेको स्थिति छ,’ चौहानले भने, ‘त्यो विश्वास फर्काइल्याउन गाह्रो छ, तर असम्भव छैन।’

आज लुङसेल, मङपङ र माङजिङ स्कूलका शिक्षक-शिक्षिकाहरुबाट स्कूलको वास्तविक अवस्थानबारे टोलीले जायजा लिए। चौहानले भने, धेरै स्कूलहरुमा विभिन्न अभाव र समस्याहरु छन्। जीटीएले हरेक समस्याको समाधानको निम्ति पहल गर्नेछ, तर गुणस्तरीय शिक्षण संस्कृति निर्माण गर्ने जिम्मा बने शिक्षक-शिक्षिका कै हो। जबसम्म उनीहरुले अभिभावकहरुले गुमाएको विश्वास फर्काइल्याउने पद्धति अप्नाउँदैनन्, तबसम्म जीटीएले देखेको गुणस्तरीय शिक्षाको सपना पूरा हुन सक्दैन।’

About Author

Advertisement