खरसाङको रोहिणीमा गोजमुमो अनि गोरामुमाेबाट २८ परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

IMG-20220516-WA0191.jpg

खरसाङ: खरसाङको रोहिणी क्षेत्रमा गोजमुमो र गोरामुमोबाट २८ परिवारहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्।
२००७ सालदेखि नै गोरामुमोमा सक्रिय रहेका रोहिणी लोवर चिसो पानीका वर्तमान गोरामुमो खरसाङ ब्राञ्चका सदस्य राजेश छेत्रीको नेतृत्वमा उक्त क्षेत्रबाट २१ परिवारहरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। प्राप्त जानकारी अनुसार रोहिणी लोवर चिसो पानीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका मात्र सदस्यहरू रहेका दाबी गरिएको छ। त्यसरी नै गोजमुमो रोहिणी शाखाका संयोजक प्रवेश राईको नेतृत्वमा उनी लगायत अन्य ५ परिवारहरूले पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन जनाएका छन्। राई २०१७ देखि नै पार्टीको सदस्य रहेका थिए।
सामेल हुनेहरुसबैलाई पार्टी अध्यक्ष अनित थापाले पार्टीको झण्डा प्रदान गरी स्वागत जनाएका छन्। पार्टी अध्यक्ष अनित थापाले स्वागत जनाउँदै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टी अध्यक्ष अनित थापाले तपाईहरु एकजूट भएर आउनु भएको छ। यो एकता कायम रहोस भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement