जलपाइगढ़ीः ड्यूटीमा ट्रेनको चपेटमा पर्दा एक रेलकर्मीको मृत्यु भएको छ। घटना शुक्रवार उदलाबाड़ी संलग्न घिस ब्रिजमा घटेको हो। मृतकको नाम गोपाल राय (४६) बताइएको छ। उनी उदलाबाड़ी स्टेशन अन्तर्गत रेलवे क्वार्टरमा बस्नेगर्थे। घटनाको कारण सिलगढ़ी-अलीपुरद्वार जंक्शन रेलखण्डमा धेरै बेरसम्म रेल यातायात बाधित रह्यो।
रेल पुलिस सूत्रहरू अनुसार, आज बिहान लगभग ७.४५ बजी गोपाल ड्यूटीमा थिए। तब उदलाबाड़ी नजिक घिस ब्रिज नाघिरहेको समय डाउन पुरी-कामाख्या एक्सप्रेसको चपेटमा परे। यसबीच घटनाको कारण सिलगढ़ी जंक्शनबाट अलीपुरद्वार जाने पेसेन्जर ट्रेनलाई बागराकोट स्टेशनमा एक घण्टाभन्दा अधिक समयसम्म खड़ा रहन पऱ्यो। सूचना पाएर माल थाना पुलिस र रेलवे पुलिस घटनास्थलमा पुगेर शवलाई कब्जाम लिएर पोस्टमार्टमको निम्ति पठायो।