माध्यामिक परीक्षाफल घोषित, उत्तीर्ण विद्यार्थीहरू हर्षित

00-1-Chheriya-Samachar

कालचिनीः पश्चिम बंगाल बोर्डका माध्यमिक परीक्षाफल शुक्रबार बिहान १० बजी घोषित हुने बित्तिकै परिणाम कुरेर बसेका विद्यार्थीहरूमा विशेष कौतुहल देखिएको थियो। राज्यमा नै गत बर्षको तुलनामा यस बर्षको माध्यामिक परीक्षाफलको उत्तीर्ण प्रतिशतमा केही ह्वास आएको जान्नमा आएको छ। यद्यपि यता अलिपुरद्वार जिल्लाको कालचिनी खण्डको बङ्ग्ला, नेपाली र हिन्दी माध्यमका स्कूलहरूमा भने यसपालीको माध्यामिक परीक्षाफलको उत्तीर्ण दर सन्तोषजनक रहेको स्कूल सुत्रले जनाएका छन्। यस बर्षको माध्यामिक परीक्षाफल कालचिनीस्थित शंकर नेपाली उच्चमाध्यमिक विद्यालयले सन्तोषजनक मात्र नभएर गत बर्षको तुलनामा झन राम्रो भएको बताएको छ।
यस स्कूलका जम्मा १४१ जनाले माध्यामिक परीक्षा लेखेका थिए भने यसमध्ये १२६ जनाले पास गरेको छ। स्कूल टपरको रुपमा कालचिनी गोरे लाईन निवासी रिया शाशङ्करले कुल ५०० अङ्क हासिल गरेर प्रथम दर्जामा पास गर्न सक्षम बनेकी छन् भने दोस्रो टपरमा कालचिनी गोरे लाईनकै सुदेश विश्वकर्माले ४९७ अङ्क हासिल गर्न सक्षम बनेको स्कूलका सहशिक्षक दीप लामाले जनाएका छन्। स्कूलका जम्मा ४ जना विद्यार्थीहरूले प्रथम स्थान ओगटेका छन् भने प्रायः ३६ भन्दा अधिक दोस्रो विभागमा उत्तीर्ण भएको र अन्य पास गर्दै मोठ १२६ जनाले माध्यमिक परीक्षा उत्तीर्ण गरेको बताईएको छ। स्कूलको सालाखाला प्रदर्शनमा प्रायः ८५ प्रतिशत उत्तीर्ण परिणाम भएको स्कूलका भारप्राप्त प्रधान शिक्षक सुबान सिंह नौबाग र सहशिक्षक दीप लामाले थप जनाएका छन्। यता कालचिनी हिन्दी स्कूल, उत्तर लोथाबारी हिन्दी स्कूल र यूनियन एकाडेमी लगायत हेमिल्टनगञ्ज हाईस्कूल, हाँसीमारा, मलङ्गी, दलसिंहपाड़ा स्कूलहरूले पनि प्रायः ७०-८० प्रतिशत पासको रेकर्ड कायम गरेको जान्नमा आएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *