सिलिम हिल चियाबारीको लोवर डिभिजनमा चिया गाछहरू उखेल्ने निर्देश दिएको भन्दै चियाबारी श्रमिकहरूद्वारा विरोध प्रदर्शन

IMG-20230519-WA0278.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिलिम हिल चियाबारीको लोवर डिभिजन नयाँ कमानमा प्रबन्धकले चियाको गाछहरू उखेल्नु लगाएको भन्दै आज बिहानदेखि श्रमिकहरूले विरोध जनाएका छन्। प्रबन्धक पक्षले चिया गाछहरू उखेल्नु भनी अर्डर दिएको भन्दै सिलिम हिल चियाबारीको लोवर डिभिजन नयाँ कमानमा चियाबारी श्रमिकहरूले विरोध प्रदर्शन गरेका छन्। प्राप्त जानकारी अनुसार बगानको प्रबन्धकले हिजो र आज बिहान बगानको मुन्सीलाई नयाँ कमानको 8 नम्बर डिभिजनमा रहेको चिया गाछहरू उखेल्नु भनी अर्डर दिएको भन्दै आज बिहान श्रमिकहरू भेला भएर विरोध जनाएका छन्। उक्त विरोध अवधि खरसाङका विधायक बीपी बजगाई उपस्थित रहेका थिए भने तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, उपाध्यक्ष धिरेन प्रधान, गोरामुमोको ट्रेड युनियन एचपीडब्ल्युयुको नयाँ कमान शाखाको सभापति मैते प्रधान, सचिव मणिकुमार तामाङ, भाजपा तीनधारे महानदी समष्टीको सभापति उमेश प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए। नयाँ कमानमा प्रबन्धक पक्षबाट गाछ उखेल्नु भन्ने अर्डरको श्रमिकहरूले विरोध जनाएका थिए। उक्त विरोध विषयमा चियाबारी श्रमिकहरूसित क्षेत्रीय सभासद नवराज छेत्री र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले बातचीत गरेका थिए भने खरसाङका भाजपा विधायक बीपी बजगाई पनि घटनास्थलमा पुगेका थिए। उनले पनि यो समस्या विषयमा श्रमिकहरूबाट जानकारी लिएका थिए। यय विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले पत्रकारहरूलाई सम्बोधन गर्दै सिलिमहिल चियाबारीको लोवर डिभिजन नयाँ कमानमा आकस्मिक जुन समस्या देखा परेको छ त्यसलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समष्टी कमिटी र सभासद मिलेर समाधानको लागि कार्य गर्नेछ अनि यो सबै समस्याहरू विषयमा पार्टीको संस्थापक अध्यक्ष एंव जीटीए चिफ् अनित थापालाई जानकारी गराइएको बताएका छन्। उनले सभासद जनताको प्रतिनिधि हो र जनताको हितमा नै सभासद रहन्छ अनि हामी जुन काम गर्छौं त्यो सबै जनताकै हितमा गर्नेछौं भनी बताएका छन्। सभासद नवराज छेत्रीले भने, अाजको सम्पूर्ण विवरण पार्टी अध्यक्ष अनित थापालाई दिएका छौं र उनको सन्देश छ कि पार्टी अध्यक्ष अनित थापा र भागोप्रमो हामी सबै जनताको पक्षमा छौं। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले पत्रकारहरूसित कुराकानी गर्दै भने, सिलिम हिल चियाबारीको नयाँ कमानमा प्रबन्धक पक्षबाट गाछ उखेल्नु भन्ने निर्देशन आएपछि श्रमिकहरूले विरोध जनाएका छन् त्यस विषयमा हामीले श्रमिकहरूलाई जानकारी गराएका छौं कि अब गाछ उखेल्नु कार्य हुँदैन। जनताले जे चाहान्छ त्यो जनताको पक्षमा हामी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टी कमिटी र पार्टी अध्यक्ष अनित थापा सदैव जनताको साथमा छन्। हामी प्रबन्धक पक्षसित पनि सभा बस्नेछौं र श्रमिकहरूका हितमा चिया गाछहरू उखेल्नु हुँदैन।’
सिलिम हिल चियाबारीको लोवर डिभिजन नयाँ कमानमा श्रमिकहरूद्वारा विरोध गरिएको स्थानमा नै आईपुगेका खरसाङको विधायक बीपी बजगाईले पत्रकारहरूसित कुराकानी गर्दै भने, यहाँको चियाबारीमा मुन्सीलाई चिया गाछ उखेल्नु भन्ने लगाएको रैछ जुन टु टुरिज्मना चियाको गाछहरू उखेल्नु पाइन्दैन। तर फेरि यहाँको क्षेत्रीय सभासदसित बातचीत गर्दा उनसित भने प्रबन्धकले सभासदसित मैले लगाएको छुइन भनी बताएका रहेछ। अब झट्टै यहाँको प्रबन्धक पक्षसित सभा राख्ने विषयमा चर्चा परिचर्चा गरिएको छ र यस समस्या समाधानको लागि पहल गरिनेछ साथै आज नै यहाँक समस्या विषयमा श्रम मन्त्रालयसित पत्रचार गर्नेछौं। टुरिज्मलाई फेरि लेख्नुछु। विधायक बीपी बजगाईले अघि भने, आज म्यानेजरले फोन अफ् गरेर राखेका रहेछ र बातचीत भएन। तर भोलिदेखि गाछहरू उखेल्नु शुरु गरिए फोटो भिडियोहरू पठाउनु र म उचित फोरममा पछाउनेछु भनी भनेको छु।’

उनले अझ भने, ‘चियाबारीको समस्या यहाँ मात्र होइन तर हरेक बगानमा यस्तो समस्या छ। पहाड़मा भएका सबै चियाबारीहरूका श्रमिकहरू एकमुष्ठमा रहेर आवाज बन्दैन तबसम्म प्रबन्धक पक्षले दबाएर राख्छ। हामी सम्पूर्ण चियाबारीहरूका सामग्रिक रूपमा कार्य गर्न र चिन्तन गर्न आवश्यक छ। मैले चियाबारीहरूका लागि 36 पेजको लागि प्रतिवेदन बनाएको छु त्यसलाई प्रधानमन्त्री समक्ष लानेछु।’
यसै प्रसंगमा सिलिम हिल चियाबारीको लोवर डिभिजन नयाँ कमानको प्रबन्धक एसएस मल्लिकसित फोनमा बुझ्न चाहादा उनले मैले कम्पनी र बगानको हितमा कार्य गरेको र यहाँ चिया गाछहरू उखेलेर एक दुई महिना राखेर मलको लागि लेवन ग्रास वा गोटीमाला गाएर नयाँ चिया गाछहरू रोप्ने कार्य गरिने जानकारी गराएका छन्। प्रबन्धक मल्लिकले भने, नयाँ कमानमा रिसर्ट बनाउने कुनै योजना नै छैन। बरू अहिले दार्जिलिङ पहाड़मा चियाबारीमा धेरै समस्याहरू छ अनि यहाँ कम्पनी र चियाबारीको हितमा कार्य गर्नलाई यो प्रोजेक्ट गरिएको हो। तर पुरानो गाछहरू उखेलेर केही महिना राखेर मल बनाएर नयाँ चियाको गाछहरू रोप्ने कार्य गरिनेछ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement