खरसाङ: म राजनीतिमा आएको बंगाल विभाजन र जातीय मुद्दा साथै अलग राज्यको लागि हो। बंगाल विभाजन नभईकन छुट्टै राज्य सम्भव छैन भनी खरसाङका भाजपा विधायक बीपी बजगाईले आज बताएका छन्। खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिलिम हिल चियाबारीको लोवर डिभिजन नयाँ कमानमा श्रमिकहरूले गरिरहेको विरोध विषयमा नयाँ कमान आएका खरसाङको विधायक बीपी बजगाईले उक्त कुरा बताएका छन्। उनले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा भने, मैले बंगाल विधान सभामा दुई दुईपल्ट बोल्दा पनि पहाड़ मौन छन्। म जान्न चाहान्छु कि हामीले गर्न खोजेको राजनीति कस्तो हो? यो जान्ने क्रममा र सोध्ने क्रममा म जनसम्पर्क अभियानमा निस्केको छु।’ सासंद राजु विष्टले बंगाल विभाजन विभाजन नभईकन गोर्खाल्याण्ड सम्भव छ भनी बताएको विषयमा सोधिएको प्रश्नको उत्तरमा विधायक बीपी बजगाईले भने, बंगाल विभाजन नभईकन छुट्टै राज्य सम्भव छैन। म बंगालको विधायक भनेको नातामा भन्छु बंगाल विभाजन नभईकन छुट्टै राज्य सम्भव छैन। तर सांसद राजु विष्टको परिभाषा कुन हो थाहा छै। आजको यो बगानको समस्या समाधानको लागि उनी आएर समाधान गर्नसक्छ? यो समस्याको समाधान बंगालभित्र नै रहेको टी एण्ड टुरिज्मसित पोलिसीसित ठोक्किन्छ।’
पार्टी र सासंदसितको सम्बन्ध विषयमा पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा विधायक बीपी बजगाईले भने, मेरो सम्बन्ध सबैसित राम्रो छ। सबै मेरा मित्रहरू हुन्। तर कहीं कतै कसैको सिध्दान्त र पोलिसीसित म सहमत नहुन पनि सक्छु। त्यो मेरो अधिकारको कुरा हो। पार्टीसित पनि मेरो केही छैन तर कतिवटा बैठकहरूमा गएको छुइन र आगामी 21 मईमा पनि भाजपा राज्य कमिटीको बैठक हुँदैछ। त्यसमा म जाँदिन किनभने त्यो बैठकमा हाम्रो जातीय मुद्दाको कुरा उठ्दैन।’ विधायक बीपी बजगाईले अर्को एक प्रश्नको उत्तर दिन्दै भने, विधायकसित कार्यकर्ताहरू नजानु भन्ने पनि रैछ । तर त्यो कुराको प्रमाण मसित छैन। यदि तेस्तै हो भने दुर्भाग्यपूर्ण हो तर पार्टीको लागि होइन जातिको लागि।’
उनले म राजनीतिमा आएको जातिको लागि अलग राज्यको मुद्दालाई लिएर हो भनी पुन: दोहोराए। यस सन्दर्भमा उनले भने, म जातीय मुद्दाको निम्ति विभिन्न स्थानहरूमा डुलिरहेको छु। कारण अलग राज्यको मुद्दा खरसाङको मात्रै होइन सम्पूर्ण जातिको मुद्दा हो अनि जनतालाई परेको बेला म आईपुग्छु।’ विधायक बीपी बजगाईले आगामी चुनावमा सांसदको लागि कसरत गरिरहेको भन्ने प्रश्नको उत्तर दिन्दै भने, मलाई राजनीतिमा राख्नु नराख्नु जनताको हातमा छ अनि त्यो कुरा जनताले निर्णय गर्ने कुरा हो। जनताले मेरो काम देखेर जनताले नै निर्णय गर्नसक्छ।