१९ मईः यूएफा यूरोपा लीग फूटबलमा स्पेनिश क्लब सेविले अनि इटलीको क्लब रोमाले फाइनलमा स्थान बनायो। बिहीवार राति खेलिएको सेमिफाइनलको रिटर्न लेगमा सेविलेले युभेण्टसलाई २-१-ले पराजित गऱ्यो। यसअघि युभेण्टसको होम ग्राउण्डमा खेलिएको पहिलो लेगको म्याच १-१-ले ड्र रहेको हुनाले समग्रमा सेविले ३-२-ले विजयी भयो। बिहीवार राति आफ्नो होम ग्राउण्डमा ६० प्रतिशत पोजेशनको साथ खेले पनि सेविले एक समय पछि रहेको थियो। डुसान भ्लाहोविचले ६५औं मिनटमा युभेण्टसलाई बढ़त दिलाए तर सुसोले ७१औं मिनटमा गोल दर्ता स्कोर १-१-को बराबरीमा पुऱ्याए।

यसरी नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहँदा म्याच अतिरिक्त समयसम्म तन्कियो। अतिरिक्त समयको खेलमा एरिक लामेलाले ९५औं मिनटमा गोल गरी सेविलेलाई फाइनलमा पुऱ्याए। म्याचको ११५औं मिनटमा सेविलेका खेलाड़ी मार्कोस अकुनालाई रेड कार्ड देखाइयो। यसरी रोमा र जर्मनीको क्लब बायेर लेवरकुसेनबीच खेलिएको रिटर्न लेगको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। यसअघि आफ्नो होम ग्राउण्डमा खेलिएको पहिलो लेगमा १-०-ले विजयी भएको हुनाले रोमा फाइनलमा पुग्यो।

अब १ जूनको दिन खेलिने फाइनलमा रोमा र सेविलेबीच भिड़न्त हुनेछ।