गान्तोकः एसकेएम सरकारले लगातार अस्वीकार गरे पनि १० अप्रेलको विशेष विधानसभामा पारित प्रस्ताव र हालै गठित समिति सिक्किमलाई विशेष सुरक्षा दिने संविधानको धारा ३७१एफ तरलिकरण भएको र सिक्किमे परिभाषा विस्तार दुई प्रमुख उदाहरण सरकार स्वयंले प्रस्तुत गरेको छ भन्ने हाम्रो सिक्किम पार्टीले दाबी गरेको छ। हाम्रो सिक्किम पार्टीका प्रवक्ता विराज अधिकारीले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर दुई अलग-अलग उदाहरणबाट एसकेएम सरकारले सिक्किमे परिभाषा विस्तार भएको साथै धारा ३७१एफ तरलकिरण भएको स्वीकार गरेको आरोप लगाएका छन्। भारतीय जनता पार्टीका सिक्किम राज्य अध्यक्ष डीआर थापाले पनि सिक्किमे परिभाषा विस्तार भएको र धारा 371एफ कम्जोर भएको विषय अघिबाटै स्वीकार गरेका छन् भन्ने दाबी गर्दै विराज अधिकारीले यसमा एसकेएम भाजपाको डबल इञ्जिन सरकार दोषी रहेको बताएका छन्।
एसकेएम सरकारले लगातार दाबी गर्दा गर्दै पनि सिक्किमे परिभाषा विस्तार भएको साबित भयो भन्दै विजय दिवस मनाएको र जनतालाई दिग्भ्रमित गरेको सन्दर्भमा मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमे नागरिक समतक्ष माफी माग्नुपर्ने पार्टीले माग गरेको छ। यसका साथै एसकेएम भाजपा गठबन्धन सरकारले वित्त विधेयक २०२३ लाई निरस्त गराउन केन्द्र सरकारमा पहल गर्नुपर्ने पनि पार्टीको माग रहेको छ। सिक्किमे परिभाषालाई कम्जोर बनाएको विषयलाई केन्द्र सरकारले अस्वीकार गरेर यसलाई सच्याउन यदि केन्द्र सरकारले मानेन भने यो मुद्दालाई लिएर सिक्किम सरकारले सर्वोच्च न्यायालयमा याचिका दर्ता गर्नुपर्छ भन्ने हाम्रो सिक्किम पार्टीले माग गरेको छ। सरकारले यस्तो जटिल मुद्दमा कमिटी बनाउने प्रथा बन्द गरेर ठोस कदम चाल्नुपर्छ भन्ने पनि पार्टीको माग रहेको छ।
-हिस