अलिपुरद्वार: आईएनटीटीयूसी ले कालचिनी ब्लकको नयाँ हाँसीमारा क्षेत्रमा रक्तदान शिविर आयोजना गरेको छ। जिल्ला अस्पताल ब्लड बैंकमा रगतको अभाव पूर्ति गर्न कालचिनी ब्लकको नयाँ हाँसीमारा क्षेत्रमा रहेको धर्मशालामा शुक्रबार इन्टुकले रक्तदान शिविर आयोजना गरेको छ। शिविरमा कालचिनी ब्लकका विभिन्न स्थानका एक सय युवाले रक्तदान गरेका थिए। संकलन गरिएको रगत अलिपुरद्वार जिल्ला अस्पताल ब्लड बैंकमा पठाइएको छ। शिविरमा आईएनटीटीयूसी अलिपुरद्वार जिल्ला महासचिव आनन्द चन्द सहित स्थानीय तृणमूल कांग्रेस नेताहरूले रक्तदान गरे।