टेट परिक्षामाथि आशंका ब्यक्त गर्दै साकाल देवानले दर्ता गरयो आरटीआई

Screenshot_20230519_175229_WhatsApp.jpg

सन्तोष जनक जवाफ नपाए उच्च न्यायलयमा जन याचिका दर्ता गर्ने

दार्जीलिङ: टेट परिक्षामाथि आशंका ब्यक्त गर्दै साकाल देवानले गरयो आरटीआई। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनले जिल्ला स्कूल बोर्डको माध्यमद्वारा गत १४ फरवरी २०२१मा टेट परिक्षाको आयोजना गराएको थियो तर आजसम्म टेट परिक्षाको अतो पतो छैन।यसैबीच कोलकता उच्च न्यायलयले राज्यभरीको स्कूलहरूमा ३६ हजार कार्यरत शिक्षक एंव शिक्षिकाहरू लाई अवैद्य ठहराउँदै उनीहरूलाई निष्काषित गर्ने निर्देश जारी गरी सकेका छन।यी विषयहरूलाई ध्यानमा राख्दै हाम्रो पार्टीको केन्द्रीय कमिटि सदस्य एंव लेबुङ बदमताम समष्टिको चीफ कोअर्डिनेटर साकाल देवानले जीटीएद्वारा आयोजना गरिएको टेट परिक्षामाथि आशंका ब्यक्त गर्दै जिल्ला स्कूल बोर्ड समक्ष आरटीआई गरेको जनाएका छन। देवानले बताए अनुसार जीटीएद्वारा आयोजना गरेको टेट परिक्षा विषयमाथि आफुलाई जानकारी प्राप्त गर्ने इच्छाहरू रहेकोले आरटीआईको माध्यमद्वारा जिल्ला जिल्ला बोर्ड समक्ष प्रश्नहरू राखेको छु,जसमा जीटीएले स्कूल बोर्डको माध्यमद्वारा आयोजना गरेको टेट परिक्षा बैध हो की होइन? टेट परिक्षाको आयोजना गर्ने सरकारले जिल्ला स्कूल बोर्ड लाई अनुमति दिएको छ की छैन?टेट परिक्षाको लागि जीटीएले राज्य सरकारबाट अनुमति लिएका थिए?यदि लिएका थिए भने त्यसको प्रतिलिपि उपलब्ध गरियोस। जीटीएद्वारा आयोजित टेट परिक्षामा कति परिक्षार्थीहरूले अंश ग्रहण गरेका थिए? टेट परिक्षामा अंश ग्रहण गर्ने परिक्षार्थीहरूको परिणाम आजसम्म सर्वजनिक भएको छैन त्यसकारण यसको अवस्था के कस्तो अवस्थामा छ? टेट परिक्षामा उर्तीण भएका परिक्षार्थीहरूले नोकारी पाउँछ भन्ने ग्यारेन्टी छ? टेट परिक्षाको आयोजनामा कति राशी संग्रह भएको छ?टेट परिक्षामा संग्रह भएको राशी कुन बजेटमा राख्ने काम गरिएको छ? भन्ने जस्ता विषयहरूको आरटीआईको माध्यमद्वारा साकाल देवानले जिल्ला स्कूल बोर्ड समक्ष जानकारी मांगेका छन। टेट परिक्षामा अंश ग्रहण गर्ने परिक्षार्थीहरूलाई एकबद्व भएर आवाज उठाउने देवानले आहवान गरेको छ। जीटीए टेट परिक्षाले तपाईहरूको भविष्यसंग खेलवाड गरेको छ भने कानूनी सल्ला लिएर कानूनी कार्यवाही गर्न सक्नु हुनेछ किन भने यी सवै जनताको हितको विषय हो तिनले भने। आफुले दर्ता गरेको आरटीआईको सन्तोष जनक जवाफ नपाएको खण्डमा उच्च न्यायलय मा जन याचिका दर्ता गर्ने जानकारी साकाल देवानले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement