नयाँ दिल्लीः केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा शुक्रवार गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरूको दोस्रो चिन्तन शिविर आयोजना गरियो। शिविरको उद्देश्य प्रधानमन्त्रीको भिजन-२०४७-लाई यथार्थमा परिणत गर्नको लागि कार्य योजना तयार गर्नु हो।
गृहमन्त्री अमित शाहको अध्यक्षतामा पहिलो चिन्तन शिविर गत १८ अप्रेलमा आयोजना गरिएको थियो जसमा सुरक्षासित सम्बन्धित विभिन्न क्षेत्रहरूको लागि एउटा तन्त्र निर्माण गरिनुपर्ने आवश्यक्तामाथि बल दिइएको थियो। यसमा साइबर अपराध प्रबन्धन, पुलिस बलहरूको आधुनिकीकरण, आपराधिक न्याय प्रणालीमा आईटीको प्रयोग, भूमि सीमा प्रबन्धन औ तटीय सुरक्षा जस्ता मुद्दाहरू सामेल थिए।
-हिस