पुनियामा अज्ञातको शव भेटियो

nat-1

दरंगः जिल्ला मुख्यालय मंगलदोई नजिक पूनियामा फन्दामा झुण्डेको एक शव भेटिएपछि क्षेत्रमा सनसनी फैलियो। शव छेवै तमिलनाडू राज्यमा पंजीकृत एउटा ट्रक पनि खड़ा भेटियो। मृतक ट्रकको चालक वा खलासी हुनसक्ने मानिसहरूले आशंका व्यक्त गरेका छन्।

सूचना पाउनसाथ घटनास्थलमा पुगेका पुलिस र मजिस्ट्रेटले स्थितिको जायजा लिए। पुलिसले शवलाई पोस्टमार्टमको निम्ति मंगलदोई सिविल अस्पतालमा पठाएको छ। शवको पहिचान हुन सकेको छैन। पुलिस मामिलाको जाँचमा जुटेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement