पश्चिम बंगाल माध्यमिक परीक्षाको रिजल्ट घोषित, टप टेनमा कोलकाताको एउटै पनि छात्र छैन

00-1-Chheriya-Samachar

कोलकाताः पश्चिम बंगाल माध्यमिक परीक्षाको रिजल्ट ७६ दिनपछि अन्ततः शुक्रवार घोषित गरिएको छ। परीक्षा परिणाममा जहाँ जिल्लाहरूका छात्रहरूले राम्रो प्रदर्शन गरेका छन्, कोलकाताका छात्र-छात्राहरूले निःराश गरेका छन्। टप टेनमा १६ जिल्लाका ११८ छात्र-छात्राहरू छन् जसमा कोलकाताको एउटै पनि छात्र छैन। टप टेनमा सबैभन्दा धेरै नाम मालदा जिल्लाका छात्रहरूको छ। पूर्व मेदिनीपुरका ११ परीक्षार्थीहरू यसमा छन्। यस पाली पासिङ रेट ८६.१५ प्रतिशत रह्यो। यद्यपि, यसमा पहिलेको भन्दा कमी आएको छ।

देवदत्ता मांझी टपर

उच्च माध्यमिक शिक्षा परिषदका अध्यक्ष रामानुज गंगोपाध्यायले शुक्रवार संवाददाता सम्मेलन गरी रिजस्ट जारी गरेका छन्। यस वर्षको माध्यमिक परीक्षामा देवदत्ता मांझी प्रथम आएकी छन्। उनी पूर्व बर्दवानको कटवा दुर्गादासी गर्ल्स हाईस्कूलकी छात्रा हुन्। उनको स्कोर ६९७ छ। दक्षिण दिनाजपुर, जलपाइगढ़ी, झारग्राम र नदियाबाट १-१ परीक्षार्थी टप टेनमा छन्।

जिल्लाहरूमा पूर्वी मेदिनीपुरले बाजी माऱ्यो

जिल्लाहरूमा पूर्वी मेदिनीपुर पहिलो, कालेबुङ दोस्रो, कोलकाता तेस्रो स्थानमा छ। पूर्वी मेदिनीपुरबाट ९६.८१ प्रतिशत पास भएका छन्। कालेबुङ ९४.१३ प्रतिशत। कोलकाता ९३.७५ प्रतिशत र पश्चिम मिदनापुर ९२.१३ प्रतिशतको साथ चौथो स्थानमा रह्यो। ७६ दिनपछि रिजल्ट घोषित गरिएको छ। छात्रहरूको तुलनामा छात्राहरूको संख्या २२ प्रतिशत अधिक थियो।

परिषदको वेबसाइटमा रिजल्ट

माध्यमिक शिक्षा परिषदको वेबसाइटमा दिउँसो १२ बजीदेखि रिजल्ट हेर्न सकिनेछ। अनुसूचित जनजातिका उम्मेदवारहरूको निम्ति उत्तीर्ण दर ७६ प्रतिशत छ। मालदाबाट सबैभन्दा धेरै उम्मेदवार मेरिट लिस्टमा छन्। बर्दवानका शुभम पाल र मालदाका रिफत हसन सरकार सेकन्ड छन्। अर्क मंडल तेस्रो स्थानमा छन्। उनी उत्तर २४ परगनाको टाकी रामकृष्ण मिशन हाई स्कूलका छात्र हुन्। सौम्यदीप मल्लिक पनि तेस्रो स्थानमा छन्। उनी पनि उत्तर २४ परगना जिल्लाको बालाचापा देउलिया हाईस्कूलका छात्र हुन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement