बेगूसरायः राष्ट्रवादी विचारक औ राज्यसभा सदस्य प्रो. राकेश सिन्हाले भनेका छन्, हिन्दू राष्ट्रको अवधारणा राजनीतिक कुरा होइन। हिन्दू राष्ट्र भारत देशको विशेषण हो। भारतका सभ्यता र संस्कृतिलाई हिन्दू राष्ट्रको रूपमै अभिव्यक्त गर्न सकिन्छ।शुक्रवार बेगूसरायमा पत्रकारहरूसित कुराकानी गर्दै उनले भने, बागेश्वर धामका सन्त पण्डित धीरेन्द्र शास्त्रीले हिन्दू राष्ट्रको कुरा गर्ने गर्दछन्। उनको यो कुरा एकदमै जायज छ। हिन्दू राष्ट्र साम्प्रदायिक अवधारणा होइन, यो धार्मिक अवधारणा पनि होइन। वेद, पुराण, रामायण, महाभारत, याज्ञवल्क्यलाई हटाइयो भने भारतमा बँच्नेछ के। आरूणी औ नचिकेताको कथालाई हटाइयो भने के रहनेछ। यी सबैलाई हिन्दू राष्ट्रले नै सुदृढ़ बनाउँछ। हिन्दू राष्ट्र कुनै धर्म वा सम्प्र्दायका मानिसहरूप्रति भेदभाव वा दोहोरो व्यवहार होइन। बाबा बागेश्वरले नौबतपुरमा आयोजित कार्यक्रममा ‘पागलों’ शब्दको प्रयोग सकारात्मक रूपमा गरेका छन्।
बिहारलाई अनावश्यक विवादमा फस्न आवश्यक नरहेको बताउँदै प्रो, सिन्हाले भने, बिहारको एउटै लक्ष्य हो विकास। आखिर बिहार सबै राज्यहरूभन्दा पछाड़ि किन छ। जीडीपीमा १४औं स्थानमा किन छ, पहिलो स्थानमा किन छैन, यो चुनौती हो। आफ्नो समग्र दृष्टि, संकल्पको साथमा भिजन अनि संसाधनहरूले बिहारलाई देशको पहिलो राज्य बनाउनुपर्छ। उत्तर प्रदेश, गुजरात र महाराष्ट्रभन्दा अघि पुऱ्याउने संकल्प लबैले लिनुपर्छ। राकेश सिन्हाले यो पनि भने, धर्म र राजनीतिलाई जोड़्नु हुँदैन। भारत अध्यात्म केन्द्रित देश हो, अध्यात्मको भिन्न-भिन्न रूप-रंग हुन्छ। जसलाई मन लाग्छ बाबा समक्ष जाओस्, जसलाई मन लाग्दैन नजाओस्। तर कसैलाई पनि अरूको विरोध गर्ने अधिकार छैन। बागेश्वर धामका सन्त पण्डित धीरेन्द्र शास्त्रीको विरोध गर्नेहरूले मजलिसको विरोध किन गर्दैनन्। बागेश्वर बाबा समक्ष जाओस् वा नजाओस् त्यो उनीहरूको इच्छा हो। यस देशमा नास्तिक र आस्तिक दुवैको लागि ठाउँ छ। वर्ष १९३१ -को जनगणनामा नौ सय मानिसहरूले म नास्तिक भनेर लेखाएका थिए। जुन देशमा सबैलाई समान अधिकार र सम्मान प्राप्त छ त्यहाँ तुष्टिकरणको राजनीति गर्नु हुँदैन।
-हिस