राज्य सरकारले ड्रग्स विरूद्ध लगातार लड़ाई लड़िरहेछ- मुख्यमन्त्री सरमा

nat-1

गुवाहाटीः मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आफ्नो सरकारको दुई वर्ष पूरा भएकोमा प्रमुख कार्यहरूको उल्लेख गर्दै नशा विरूद्ध जारी लड़ाईको उल्लेख गरे औं यस दिशामा भएका कार्यहरूका लागि पुलिस र प्रशासनको प्रशंसा गरे।

मुख्यमन्त्री डा. सरमाले शुक्रवार फेसबुक र ट्वीट सन्देश साझा गर्दै भनेका छन्, हाम्रो सरकारले गत दुई वर्षमा ड्रग्स विरूद्ध लगातार लड़ाई लड़िरहेछ। हामीले मादक पदार्थहरूको आपूर्ति र तस्करीको नेटवर्कलाई नष्ट गरी राज्यमा ड्रग्सको प्रवाहलाई रोक्नका लागि कड़ा कदम उठाएका छौं। हामीले यस दिशामा जनताबाट पनि धेरै मद्दत पाएका छौं। १,४३० करोड़ रूपियाँको मादक पदार्थ जफत गरिएको छ। ९,३०९ जनालाई पक्राउ गरिएको छ। ४२० एकड़मा फैलेको भांग-गांजा र अफीमको खेतीलाई नष्ट गरिएको छ। उल्लेख्य, डा. सरमाले मुख्यमन्त्रीको पदभार सम्हालेदेखि राज्यमा व्यापक स्तरमा नशा विरोधी अभियान जारी छ। सरकार हरेक स्थितिमा नशाको कारोबारलाई बन्द गर्नलाई लिएर कड़ा कारबाहीमा जुटेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement