गुवाहाटीः राज्यमा नदी पर्यटन र धार्मिक क्षेत्रहरूको विकासको निम्ति असम पर्यटन विकास निगम (एटीडीसी), सागरमाला विकास कोर, आईडब्ल्यूएआई र आन्तरिक जल परिवहनका निदेशबीच बिहिवार एउटा एमओयू भयो।
खानापाड़ा स्थित असम प्रशासनिक स्टाफ कलेज (एएएससी) मा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको उपस्थितिमा समझौता ज्ञापनमा हस्ताक्षर गरियो। यस अवसरमा मुख्यमन्त्री डा. सरमाले भने, असम पर्य़टन विकास निगम, सागरमाला डेवलपमेन्ट कम्पनी लिमिटेड, भारतीय अन्तर्देशीय जलपरिवहन प्राधिकरण र अन्तर्देशियबीच भएको एमओयूले असमको नदी पर्य़टन र धार्मिक क्षेत्रहरूको विकासमा महत्वपूर्व भूमिका निभाउनेछ। यस समझौता ज्ञापनको माध्यमले कार्यान्वित गरिने परियोजनाले राज्यमा नदी केन्द्रित धार्मिक पर्यटनको निम्ति पर्यटकहरूलाई आकर्षित गर्नेछ र पर्यटन क्षेत्रको विकासमा अग्रणी रूपमा स्थापित हुनेछ।
उनले भने, आज भएको एमओयूले असमको आध्यात्मिक चिन्ता-चेतनाको वाहक तथा पर्यटकहरूको आकर्षणको केन्द्र श्री श्री माँ कामाख्या मन्दिर, पाण्डुनाथ, अश्वक्लान्त देवालय, दौल गोबिन्द मन्दिर, चक्रेश्वर मन्दिर र श्रीश्री आउनीआटी सत्रको यात्राको क्षेत्रमा अन्तर्देशिय जल परिवहन व्यवस्थाको क्षेत्रमा एक नयाँ आयाम दिनेछ। गत एक वर्षमा असममा पर्य़टकहरूको आगमनमा ५७० प्रतिशतको वृद्धि भएको छ। उनले राज्य सरकारद्वारा उठाइएका अन्य कदमहरूको पनि जानकारी दिए।
-हिस