गोलाघाटः जिल्लाको फरकाटिङमा बिहिवार राति पुलिसले अवैध रूपमा कोइला लगिरहेका दुई ट्रकलाई जफत गरेको छ। पुलिसले ट्रक चालक र खलासी सहित तीन जनालाई हिरासतमा लिएको छ।
फरकाटिङ पुलिसले एक सूचनाको आधारमा बिहीवार राति अवैध रूपमा कोइला लगिरहेका दुई ट्रकलाई जफत गरेको छ। दुवै ट्रक छिमेकी राज्य नागाल्याण्डबाट अवैध रूपमा कोइला लिएर आएका थिए।
पुलिस अनुसार, ट्रक चालकले सोधपुछमा नयन नाम गरेको व्यक्तिले बिश्वनाथ चारालीको एक चिया कमानको निम्ति कोइला मगाएको बताए। पुलिसले ट्रकहरूका चालक पलटन रोय, राजेन्द्र रोय र दासय रोयलाई हिरासतमा लिएर सोधपुछ गरिरहेछ। पुलिसले यस सम्बन्धमा औपचारिक रूपमा केहीपनि बताएको छैन।
-हिस