सिसोदियाले जेलबाट फेरि लेखे चिट्ठी

nat-1

नयाँ दिल्लीः राजधानीमा मदिरा घोटाला मामिलामा तिहाड़ जेलमा बन्द पूर्व शिक्षा मन्त्री मनीष सिसोदियाले जेलबाट एकपल्ट फेरि चिट्ठी लेखेका छन्। यस चिट्ठीलाई दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटरमा शुक्रवार साझा गरेका छन्।

उनले भनेका छन्, ‘जेलबाट मनीष सिसोदियाको चिट्ठी देशको नाम’। केजरीवालले दोस्रो पल्ट मनीष सिसोदियाको चिट्ठी साझा गरेका छन्। उनले ‘चौथो पास राजा’ शब्दको प्रयोग गरी प्रधानमन्त्रीमाथि कटाक्ष गर्दै शिक्षालाई महत्वपूर्ण बताएका छन्। यस चिट्ठीमा उनले एउटा कविता लेखेका छन्।

-हिस

About Author

Advertisement