पतञ्जलि याेग ध्यान केन्द्रमा अन्तराष्ट्रिय याेग दिवस सम्पन्न

photocollage_202262218278626.jpg

नाम्ची। नाम्चीमा कार प्लाजास्थित पतञ्जलि याेग ध्यान केन्द्रमा हिजो साँझ आठाैं अन्तराष्ट्रिय याेग दिवसकाे दाेस्राे चरणकाे कार्यक्रम सम्पन्न भयाे। नाम्ची पतञ्जलि याेग समिति र कामराङ सरकारी कलेजकाे एनएसएसले संयुक्त रूपमा आयाेजना गरेकाे यस कार्यक्रममा काैशल विकास विभागका सल्लाहकार सतिशचन्द्र राई मुख्य अतिथि रहेका थिए। कार्यक्रम वेद मन्त्रोचारणसँगै दीप प्रज्जवलन गरेर आरम्भ भएकाे थियाे।

कार्यक्रममा सम्बाेधन गर्दै सल्लाहकार सतिशचन्द्र राईले सफलताकाे लागि भाैतिक र आध्यात्मिक ज्ञान दुवै हुन जरूरी रहेकाे बताए। प्रेम, दया, सेवा आदि गुण मानव जातिमा हुनुपर्ने कुरामा जाेर दिँदै उनले याेग फलदायी कुरा रहेकाे उल्लेख गरे। आध्यात्मिक ज्ञानले मात्र मान्छेलाई मानवतावादी बनाउने बताउँदै उपस्थित विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गरे।

कार्यक्रममा डा. विकास शर्माले कर्म याेगमाथि प्रकाश पारेका थिए भने राेश्नी तामाङले विपसना ध्यान विषय बताएकी थिइन्। कार्यक्रममा खुल्ला हाजिरी जवाफ प्रतियाेगिता पनि भएकाे थियाे।

आयाेजक समितिका सल्लाहकार केएस राईले सञ्चालन र धन्यवाद ज्ञापन दिएकाे यस कार्यक्रममा संयुक्त सचिव डा. सविता सापकाेटाले स्वागत भाषण राखेकी थिइन्। कार्यक्रममा आयाेजक समितिका अध्यक्ष एवं याेग गुरु दिलिप तामाङकाे पनि विशेष उपस्थिति रहेकाे थियाे।

About Author

Advertisement